Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सिकाइ निरन्तरता अभियान शुरु  

सिकाइ निरन्तरता अभियान शुरु  


  • 12.0K
    Shares

    सिकाइ निरन्तरता अभियान शुरु  

    नेपाल शिक्षक महासङ्घ, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घलगायत संस्थाको सहकार्यमा कोभिड–१९ पछिको विषम स्थितिलाई ध्यान दिई सिकाइ निरन्तरता अभियान शुरु भएको छ ।     
         
    संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेफ) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समन्वयमा गरिएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भर्चुअलरुपमा सो अभियान शुभारम्भ गर्नुभयो । सचिव मैनालीले नेपालको संविधानको मौलिक हकमा विद्यालय शिक्षालाई निःशुल्क र अनिवार्य गरिएको सन्दर्भमा यस अभियानले विद्यार्थीको हक अधिकारको सुनिश्चितताका लागि योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।     
         
    नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले शिक्षक साँझ बिहान वा बिदाको समयमा पनि जुनसुकै माध्यमबाट विद्यार्थीको कोर्स पूरा गर्ने अभियानमा खट्न तत्पर रहेको बताउनुभयो । विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष कृष्ण थापाले सिकाइ निरन्तरतामा अभिभावकको भूमिका महत्वपूर्ण भएकाले आफूहरु अग्रमोर्चामा रहेको उल्लेख गर्नुभयो । रासस   

    प्रकाशित मिति :पौष २८ २०७७ मंगलवार - ११:४२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij