२०८२ पौष ६ गते आइतवार
इन्डोनेसियामा शुक्रबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार अरु २० जना घाइते भएका छन् भने अरु क्षतिको विवरण आउन बाँकी नै रहेको छ । इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्दु बनाएर आएको भूकम्पका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij