Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

चिकित्सा शिक्षा : पिजी प्रवेश परीक्षाको नतिजा सार्वजनिक

चिकित्सा शिक्षा : पिजी प्रवेश परीक्षाको नतिजा सार्वजनिक


  • 4.5K
    Shares

    चिकित्सा शिक्षा : पिजी प्रवेश परीक्षाको नतिजा सार्वजनिक
    images

    काठमाडौँ । चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी)प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ ।  चिकित्सा शिक्षा आयोगले  माघ ८ देखि १० गतेसम्म लिएको परीक्षामा देशभरका ३९ परीक्षा केन्द्रमा ८ हजार ६२९ परीक्षार्थी सहभागी भएका थिए। 

    राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ संसोधनसहित नियम १६ बमोजिम दुर्गम क्षेत्रमा काम गरेको अनुभवका अंकको आधारमा अंक प्राप्त गर्ने उम्मेदवारको हकमा सो अंकसहित समावेश गरि कायम हुन आएको कूल अंकको आधारमा योग्यताक्रम निर्धारण गरिएको आयोगले जनाएको छ । 

    प्रकाशित नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारहरुलाई माघ १७ गतेदेखि १९ गतेसम्म निवेदन पेश गर्न पनि आयोगले सूचित गरेको छ । साथै, दुर्गममा काम गरेको अनुभवका लागि पेश गरेका कागाजात लगायत अन्य झुठो विवरण पेश गरी परीक्षामा समावेश भएको पाइए, परीक्षार्थीको नतिजा योग्यता सूचीमा परेको भएपनि वा भर्ना भई अध्ययनरत अवस्थामा रहेपनि निजको भर्नासमेत रद्ध हुने आयोगले जनाएको छ । 

    एमडी/एमएस, एमडी आयुर्वेद, नर्सिङ र मिडवाइफ्रीमा ६ हजार ७४९ जना सहभागी भएका थिए भने एमडिएस, एमफार्म, एमएस्सी फार्मेसी, फार्म डि, एमएससिएमआइटी, एमएससी माइक्रोबायोलोजी लगायतका विषयमा १ हजार १४२ जनाले प्रवेश परीक्षा दिएका थिए।

    परीक्षाका लागि ८ हजार ६७१ जनाले आवेदन दिएकामध्ये  ३२ जनाको  परीक्षा रद्द भएको थियो ।

     

     

    प्रकाशित मिति :माघ १७ २०७८ सोमवार - १०:४०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij