Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

प्रधान्ययाधिशको चासोपछि यसकारण सर्या सर्यै गर्यो संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विरुद्धको मुद्दा

प्रधान्ययाधिशको चासोपछि यसकारण सर्या सर्यै गर्यो संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विरुद्धको मुद्दा


  • 10.8K
    Shares

    प्रधान्ययाधिशको चासोपछि यसकारण सर्या सर्यै गर्यो संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विरुद्धको मुद्दा
    images

    काठमाडौं । प्रधान्ययाधिश चोलेन्द्र शमशेर राणालाई समेत भाग दिएर संवैधानिक परिषद्ले गरेका निर्णयलाई बैधता दिन घुमाउरो पाराले अदालत समेत लागि परेको आशंकालाई मलजल पुग्ने गरि अदालतले सुनुवाई सार्न थालेको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, त्यसका आधारमा बसेको परिषद् बैठक र त्यसले गरेका निर्णयमाथि चुनौती दिई सर्वोच्च अदालतमा परेका निवेदनहरूको सुनुवाइ शुक्रबार पनि नहुने भएको हो । 

    सर्वोच्च अदालतले शुक्रबार संवैधानिक इजलासको इजलास नै तोकेको छैन । संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार हुने गर्छ।  त्यसले गर्दा अध्यादेशमाथिको सुनुवाइ कम्तीमा पनि एक साता सरेको छ । किनभने आगामी बुधबारको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनका मुद्दा नै प्राथमिकतामा छन् । त्यसपछि शुक्रबार मात्रै इजलास बस्छ ।

    संविधानमा भएको व्यवस्था संकुचित हुने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरिएको र त्यो काम संविधानसम्मत नभएको भनी सर्वोच्चमा निवेदनहरू परेका छन् । निवेदनमा अध्यादेशअनुसार बसेको परिषद् बैठकको निर्णय पनि बदर हुनुपर्ने माग छ ।

    संविधानमा अनिवार्य संसदीय सुनुवाइको व्यवस्था भएकोमा संसद्को नियमावलीले सिफारिसको ४५ दिन कटेमा नियुक्ति दिन बाधा पर्ने छैन भन्ने व्यवस्था खारेजीको माग राखेर अर्को निवेदन पनि दर्ता भएको छ । ४५ दिन कटेमा नियुक्ति दिने पर्ने ब्यबस्था अनुसार अदालतले मुद्दा सारेको सारेकै गरेको जानकारहरुको तर्क छ । कमजोर कानुनी धरातलका कारण सरकारको प्रतिरक्षा बलियो हुन नसक्ने यी निवेदनहरूलाई सर्वोच्च अदालत नेतृत्वले सम्बोधन गर्न रुचि देखाएको छैन ।

    प्रधान्ययाधिश चोलेन्द्र शमशेर राणाले अख्तियारमा आफ्ना नजिकका उच्च अदालतका पूर्व न्यायाधिश किशोर सिलवाललाई अख्तियारको आयुक्तमा र अन्य दर्जनलाई विभिन्न संबैधानिक आयोगमा नियुक्तीका लागि भाग पाएका थिए ।

    प्रकाशित मिति :पौष २४ २०७७ शुक्रवार - १२:४१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij