२०८२ माघ ९ गते शुक्रवार
शिक्षक सेवा आयोगले आयोगका पदाधिकारी, दक्ष\विज्ञ र कर्मचारीको आचरणलाई सुसंस्कृत बनाउन आचारसंहिता लागू गरेको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले यस्तो आचारसंहिता पहिलोपटक लागू गरिएको जानकारी दिए ।
उनका अनुसार आचारसंहिता आयोगका पदाधिकारी, कर्मचारका साथै आयोगले सेवा लिने विज्ञहरुलाई समेत लागू हुनेछ ।
आचारसंहितामा प्रश्नपत्र निर्माण तथा परिमार्जन गर्ने विज्ञ, उत्तरपुस्तिका परीक्षण गर्ने विज्ञ, अन्तर्वार्ता वा प्रयोगात्मक परीक्षा वा कक्षा अवलोकन वा सामूहिक छलफल वा सिप परीक्षण गर्ने विज्ञ, बढुवा समितिका लागि तोकिएका विज्ञले पालना गर्नुपर्ने छ ।
यस्तो आचारसंहिताले आयोगले गर्ने कामकारबाहीलाई निष्पक्ष, स्वतन्त्र र गोपनीय बनाउने र पदको दुरुपयोग नहुने अपेक्षा आयोगले गरेको छ।








© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij