२०८२ भाद्र ६ गते शुक्रवार
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पढ्दै कमाउँदै कार्यक्रमका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हिजो माघ २५ गतेसम्म प्रस्ताव पठाउन विद्यालयहरूलाई सूचित गरेको थियो । सो प्रस्ताव हिजो शनिबार भएका कारण आज आइतबार पनि पठाउन सकिने केन्द्रले जनाएको छ ।
केन्द्रले सूचना प्रकाशित गरी सबै शिक्षा विकास तथा समन्वय इकाइलाई कार्यक्रम सञ्चालन कार्यविधि,२०७८ बमोजिम प्रस्तावना पेश गर्ने विद्यालयहरूको स्थानीय तहबाट सिफारिस सहित प्राप्त प्रस्तावनाहरूको निर्देशिकाको परिच्छेद ४ को दफा १५ बमोजिमको कार्यान्वयन सहजीकरण समितिबाट अनुसूची २ वमोजिमको मूल्याङ्कन फारममा मूल्याङ्कन सहित पेश गर्न सूचित गरेको हो ।
केन्द्रले यस अघि माघ १ गते गोरखापत्रमा प्रकाशित गरी २५ गतेसम्म यस केन्द्रमाअनुसूची २ बमोजिमको मूल्याङ्कन फारम प्रमाणित नभई प्राप्त प्रस्ताव उपर कुनै कारबाही नहुने व्यहोरासहित पुनः सूचना जारी गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij