२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड अनुसन्धान गुणस्तर तथा शासकीय सुधार महाशाखाले शोत्रपत्र लेखनका लागि प्रस्ताव आह्वान गरेको छ । माध्यामिक शिक्षाको परीक्षा/ मूल्याङ्कनसँग सम्बन्धित विषयमा आधारित शोत्रपत्र लेखनका लागि प्रस्ताव आह्वान गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षाको परीक्षा/मूल्याङ्कन विषयमा शोत्रपत्र लेखनका लागि सहयोग अनुदान प्रदान गरीने जनाएको छ । उक्त शोधपत्रहरु तयार गर्न विभिन्न विश्वविद्यालयमा अध्ययनरत इच्छुक विद्यार्थी/शोधार्थीहरुबाट सूचना प्रकाशित भएको ३५ दिनभित्र प्रस्ताव पेसगर्न आह्वान गरेको छ ।
त्यसैगरी स्नातकोत्तर तहका लागि शोत्रपत्र तयार गर्न प्रति शोधपत्र रु ५० हजार र वीद्यावारिधि तहका लागि १ लाखका दरले अनुदान प्रदान गरीने जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij