२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौँ जिल्लाका स्थानीय तहले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (इसीडी शिक्षक) लाई न्युनतम तलब दिएका छन्। कुनै कुनै स्थानीय तहले समयमा नदिए पछि अधिकांशले दिएको शिक्षा मन्त्रालयले बताएको छ।
बूढानीलकण्ठ नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी र लेखापाल लाई न्युनतम तलब दिने निर्णय गरेको छ ।
उक्त नगरपालिकाका शिक्षा शाखा अधिकृत इन्द्रप्रसाद दाहालका अनुसार गत मंसिर महिनामा सबै शिक्षक र कर्मचारीलाई न्युनतम तलब दिने निर्णय भएको हो । बजेट निकासा नभएका कारण तलब दिन नसकिएको उनले जानकारी दिए ।
आउँदो आर्थिक वर्षको साउनबाट बाँकी सबै तलब दिने गरी निर्णय भएकाले अबको केही समयभित्रै सबैलाई उपलब्ध गराइने उनले बताए । शिक्षा मन्त्रालयले आगामी साउन देखि इसीडी शिक्षकको बैंक खातामै तलब जम्मा गर्ने ब्यबस्था मिलाउदै छ।
नगरपालिकाभित्र १९ जना विद्यालय सहयोगी, १० जना सहायक लेखापाल र १८ जना इसीडी शिक्षक कार्यरत रहेको उनले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij