Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयमा नेविसंघले लगायो भोटेताल्चा

त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयमा नेविसंघले लगायो भोटेताल्चा


  • 5.8K
    Shares

    त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयमा नेविसंघले लगायो भोटेताल्चा
    images

    त्रिभुवन विश्‍वविद्यालयको व्‍यवस्थापन संकाय डिन कार्यालयमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ । त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पसहरुले छात्रवृत्तिका नाममा विद्यार्थीबाट रकम असुलेको भन्‍दै आज व्‍यवस्थापन संकायको डिन कार्यालयमा तालाबन्दी गरेको हो।

    काठमाडौंका अधिकांश क्याम्पसले छात्रवृत्तिको नाममा विद्यार्थीबाट २ लाख देखि ५ लाखसम्म असुली गरेकोप्रति आपत्ति जनाउँदै तालाबन्दी गरेको नेविसंघद्वारा आज जारी गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।।

    यस्तै देशभरिका सम्पूर्ण क्याम्पसहरुबाट शतप्रतिश छात्रवृति पाउने विद्यार्थीहरुको अघिल्लो दुईवटै शैक्षिक सत्रका र यस शैक्षिक सत्रका विद्यार्थीहरुको नाम सार्वजनिक गर्नसमेत नेविसंघले माग गरेको छ ।

    1643294321-tu.jpg

    प्रकाशित मिति :माघ १४ २०७८ शुक्रवार - १२:३१:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij