Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

स्थायी शिक्षक: हालसम्म कतिले दिए आवेदन ?

स्थायी शिक्षक: हालसम्म कतिले दिए आवेदन ?


  • 9.5K
    Shares

    स्थायी शिक्षक:  हालसम्म  कतिले दिए आवेदन ?
    images

    काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहमा स्थायी शिक्षक पदमा आवेदन माग गरेकोमा दुई लाखभन्दा बढीको आवेदन परेको छ । हालसम्म २ लाख १८ हजार ३८३ जनाले आवेदन भरेका हुन् ।

    माध्यमिक तहका लागि आवेदन फाराम भर्ने म्याद शनिबार सकिएको छ । सो तहका ३६ हजार ५८२ जनाले आवेदन फाराम भरेका छन् । यस पटकबाट अनलाइन माध्यमबाट आवेदन फाराम भर्न पाउने व्यवस्था छ । यसअघि लिइएको माध्यमिक तहको परीक्षामा ६० हजारले आवेदन फाराम भरेका थिए ।

    आयोगका अनुसार आइतबारसम्म प्राथमिक तहमा ९५ हजार ८६ र निम्न माध्यमिक तहमा ८६ हजार ७१५ जनाले आवेदन फाराम भरिसकेका छन् । निम्न माध्यमिकको १५ माघ र प्राथमिक तहको २० माघसम्म आवेदन फाराम बुझाउने अवधि छ । (वेबटिभी खबर)

     

    प्रकाशित मिति :माघ १३ २०७८ बिहिवार - १६:२८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij