Logo

२०७९ जेठ ७ गते शनिवार

images

विद्यालयको मासिक भाडा मात्र एक रुपियाँ !

विद्यालयको मासिक भाडा मात्र एक रुपियाँ !

खबर सेन्टर

१३ माघ २०७८
  • 2.0K
    SHARES
  • images
    images
    विद्यालयको मासिक भाडा मात्र एक रुपियाँ !
    images

    पूर्वराजा वीरेन्द्रको नाममा रहेको जग्गामा सञ्चालित एउटा विद्यालयले मासिक एक रुपियाँ बुझाउँदै आएको छ ।

    images
    images
    images

    काठमाडौँको गोकर्णस्थित पूर्वराजा वीरेन्द्रको नाममा रहेको जग्गामा २०५६ सालदेखि विश्व युवा अन्तर्राष्ट्रिय सङ्गठनले वल्र्ड युथ इन्टरनेसनल स्कुल सञ्चालन गर्दै आएको छ । स्कुलले ४० रोपनी १३ आना एक पैसा एक दाम जग्गा त्यो बेला १० वर्षका लागि भाडामा लिएको थियो । स्कुलले १२ रोपनी जग्गामात्र उपभोग गर्दै आएको छ ।

    सो भाडा बुझाउन तत्कालीन राजदरबारसँग सम्झौता गरिएको थियो । राजसंस्था रहुन्जेल सो रकम दरबारको ढुकुटी विभागमा एक रुपियाँ बुझाइन्थ्यो । नेपाल ट्रष्टअन्तर्गत आएको सो जग्गा प्रयोग गरेवापत अहिले पनि एक रुपियाँ नै स्कुलले बुझाउँदै आएको छ ।

    नेपाल ट्रष्टका सूचना अधिकारीले राजाकै पालामा त्यस्तो सम्झौता भएको रहेछ भन्दै बताए, “अहिले पनि वर्षको एक रुपियाँ दिने गरिएको छ । त्यस सम्झौतामा पुनरावलोकन गर्नुपर्ने भएको छ ।”

    ट्रष्टले आफ्नो आम्दानीलाई शिक्षा र स्वास्थ्यमा खर्च गर्नुपर्ने नेपाल ट्रष्ट ऐनमा उल्लेख भए पनि अझैसम्म ती क्षेत्रमा लगानी गरिएको छैन ।

    नमुना विद्यालय स्थापना गर्नेदेखि छात्रवृत्ति उपलब्ध गराउनेसम्मका व्यवस्था गर्न कार्यविधि तयार गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा रायका लागि पठाइएको छ । ट्रष्टका सूचना अधिकारी शर्माले शिक्षा मन्त्रालयबाट राय प्राप्त नभएकाले कार्यविधि अगाडि बढ्न नसकेको बताए ।

    शिक्षा मन्त्रालयका सहसचिव दिपक शर्माले कार्यविधिमा कानुनतः अप्ठ्यारा विषय उल्लेख भएकाले त्यसलाई स्पष्ट गर्न नसकिएको जानकारी दिए ।

    images
    प्रकाशित मिति :माघ १३ २०७८ बिहिवार - १२:४५:५६ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार