Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

आन्तरिक प्रतिस्पर्धाका लागि शिक्षकलाई सहजीकरण गर्न ७७ ओटै शिक्षा विकासलाई दियो यस्तो निर्देशन

आन्तरिक प्रतिस्पर्धाका लागि शिक्षकलाई सहजीकरण गर्न ७७ ओटै शिक्षा विकासलाई दियो यस्तो निर्देशन


  • 33.1K
    Shares

    आन्तरिक प्रतिस्पर्धाका लागि शिक्षकलाई सहजीकरण गर्न ७७ ओटै शिक्षा विकासलाई दियो यस्तो निर्देशन
    images

    शिक्षक सेवा आयोगले आज गरेको आन्तरिक विज्ञापनका लागि आवश्यक सहयोग र सहजीकरण गर्न ७७ ओटै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ ।

    आयोगबाट आज प्रकाशित माध्यमिक, निम्न माध्यमिक र प्राथिमक तहको द्वितीय र प्रथम श्रेणीको कार्यसम्पादन मूल्याङ्कनको आधारमा बढुवा हुने शिक्षक पदको विज्ञापनमा प्रतिस्पर्धी शिक्षकलाई आवश्यक सहजीकरण गर्न निर्देशन दिएको हो ।

    आयोगले सबै इकाइलाई आफ्नो जिल्लाभित्र कार्यरत २०७७ चैत्र मसान्तसम्म पाँच शैक्षिक सत्र पुरा गरेका शिक्षकहरुको कार्यसम्पादन मूल्याङ्कन बढुवाको दरखास्त फाराम सूचनामा तोकिएबमोजिम फागुन १७ गतेभित्र दर्ता गरी म्याद समाप्त भएको मितिले १५ दिनभित्र सम्बन्धित प्रदेश स्थित शिक्षा विकास निर्देशनालयमा पठाई आवश्यक सहयोग र समन्वय गर्न गराउन निर्देशन दिएको आयोगले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

    कार्यसम्पादन मूल्याङ्कनको आधारमा बढुवा उम्मेदवारले दरखास्त फाराम साथ आवश्यक कागजातहरु पेस गरेको छ, छैन रुजु गरी कागजातहरुको विवरण तयार गर्न लगाई सिलसिलेवार रुपमा राख्न लगाउने, द्वितीय श्रेणीमा बढुवाको उम्मेदवारले सम्बन्धित तहको तृतीय श्रेणीमा अस्थायी र करारमा काम गरेको भए सो को मात्र नियुक्ति पत्र र सेवा प्रमाणित गरेको पत्र, प्रथम श्रेणीमा बढुवाको उम्मेदवारले सम्बन्धित तहको तृतीय श्रेणीको स्थायी नियुक्ति पत्र र द्वितीय श्रेणीमा बढुवा नियुक्ति पत्र पेस गरे नगरेको हेर्ने समेत निर्देशन दिएको हो ।

    शिक्षकको बढुवाको प्रयोजनका लागि कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने (७५ प्रतिशत) र आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने (२५ प्रतिशत) का लागि आज विज्ञापन गरेको छ ।

    आन्तरिक प्रतियोगिताका लागि प्राथमिक द्वितीयका लागि ४३३, प्राथमिक प्रथमका लागि ११९, निमा द्वितीयका लागि १२७, निमा प्रथमका लागि १८ र मावि द्वितीयका लागि १३७ तथा मावि प्रथमका लागि ३३ पदका लागि विज्ञापन गरेको छ । यस्तै कार्य सम्पादन मूल्याङ्कनका लागि क्रमशः एक हजार ३०७, ३५५, ३७२, ७१, ४२३ र ९४ पदका लागि विज्ञापन गरेको छ ।

    1.jpg

    2.jpg

    प्रकाशित मिति :माघ १२ २०७८ बुधवार - १६:४६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij