२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौँ- शिक्षक सेवा आयोगले आज (बुधबार) शिक्षक पदमा बढुवा तर्फको विज्ञापन खुला गरेको छ । आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीका लागि बढुवा खुला गरेको हो ।
जिल्ला विकास तथा समन्वयबाट प्राप्त भएको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीका रिक्त दरबन्दीको विवरणको आधारमा ७५ प्रतिशत कार्य सम्पादन मूल्याङ्कनको आधारमा र २५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक आधारमा वर्गीकरण गरी विज्ञापन खोलिएको हो।
आयोगका अनुसार कार्य सम्पादन मूल्याङ्कन (७५ प्रतिशत) तर्फ तीन तहको प्रथम र द्वितीय श्रेणीमा दुई हजार ६२२ पदमा बढुवाको लागि विज्ञापन खुलेको छ र आन्तरिक प्रतियोगितात्मक (२५ प्रतिशत) तर्फ तीनै तहको प्रथम र द्वितीय श्रेणीमा ८६७ पदको लागि बढुवा खुला भएको छ ।
सूचना अनुसार आन्तरिक प्रतियोगितात्मक तर्फ ३० दिनसम्मको म्याद हुने र त्यसपछि दोब्बर दस्तुर बुझाएर थप सात दिन गरी फागुनको १९ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस्तै गरी कार्य सम्पादन मूल्याङ्कनका लागि ३५ दिने म्याद फागुनको १७ गतेसम्म दरखास्त दिन सकिनेछ । आन्तरिक प्रतियोगितात्मक तर्फको परीक्षा चैत २१ गते आयोगले तय गरेको छ ।
आयोगको वेबसाइटमा भएको दरखास्त नमुना, सेवा प्रमाण सम्बन्धी कागजात, बढुवा प्रयोजनका लागि आवश्यक कागजात कसरी व्यवस्थित राखेर दिने भन्ने नमुना आजै राख्ने र त्यही अनुसार इच्छुक उम्मेदवारले दरखास्त सम्बन्धित जिल्लाको जिल्ला विकास तथा समन्वय इकाईमा दिन सक्ने आयोगका प्रवक्ता मरहट्ठाले बताए ।
विगतमा शिक्षक सेवा आयोगले कार्य सम्पादन मूल्याङ्कनको फारमको लागि उम्मेदवारले आफ्नै हिसाबले कागजपत्र राख्ने व्यवस्था गरेको थियो । तर यो वर्ष भने आयोगले आवश्यक कागजपत्रको लागि ‘शिक्षण अनुभव तथा अवच्छिन्न सम्बन्धी फारम’ विकास गरेर आयोगको वेबसाइटमा राख्ने व्यवस्था गरेको प्रवक्ता मरहट्ठाले बताए । त्यसको अतिरिक्त कसरी सिलसिलेवार तरिकाले राख्ने भन्ने पनि सूचनासँगै जानकारी आयोगले गराएको छ।
त्यसको आधारमा उम्मेदवारले हस्ताक्षर गरेर सम्बन्धित कार्यालयमा बुझाउनुपर्नेछ । र त्यो कागजात बुझ्ने व्यक्तिले भनिएका कागजात भए नभएको जाँच गर्दा ठिक छ भने अगाडी नै राइट लाउनुपर्ने र नभएको अवस्थामा क्रस गर्नुपर्नेछ । र रुजु गर्ने व्यक्तिले दस्तखत गर्नुपर्ने प्रावधान राखेको छ ।
कार्यसम्पादन मूल्याङ्कनको आधारमा हुने बढुवा प्रयोजनको लागि दरखास्त दिने व्यक्तिहरूले आवश्यक कागजात पेस गरेको तर हरायो भन्ने उजुरी गर्ने परिपाटी भएकोले सुरुदेखि नै कडाइ गर्नको लागि यस्तो व्यवस्था गरिएको प्रवक्ता मरहट्ठाले जानकारी दिए ।
आयोगका अनुसार प्राथमिक द्वितीयका लागि सात सय र प्रथमका लागि र निम्न माध्यमिक द्वितीयका लागि एक हजार आवेदन शुल्क तोकिएको छ । त्यस्तै गरी निम्न माध्यमिक द्वितीयका लागि र माध्यमिक द्वितीयका लागि एक हजार दुई सय शुल्क तोकिएको छ भने माध्यमिक प्रथमका लागि एक हजार पाँच सय रुपियाँ शुल्क तोकिएको छ ।
कस्तो उम्मेदवार योग्य हुँदैन?
शिक्षक सेवा आयोगले गरेको यी दुवै विज्ञापनमा कुनै पनि शिक्षकले पाँच शैक्षिक सत्र नोकरी अवधि पूरा नगरेको अवस्थामा योग्य उम्मेदवार हुन पाउने छैन ।
शिक्षा ऐन र शिक्षक सेवा नियमावलीले माध्यमिक तहमा विभिन्न विषय तोकिएको अङ्ग्रेजी, गणित, विज्ञान, कार्यालय सञ्चालन लेखा, कम्प्युटर विज्ञान, इलेक्ट्रिकल इन्जिनियर, सिभिल इन्जिनियर, कानुन र कृषि तथा बाली विज्ञानजस्ता विषयहरूमा तालिम नलिए पनि अध्ययन अनुमति पत्र लिन पाउने, माध्यमिक तहको खुल्ला प्रतिस्पर्धाबाट शिक्षक हुन पनि पाउने व्यवस्था छ । तर त्यस्ता शिक्षकहरूले १० महिने शिक्षक तालिम लिएका छैनन् भने उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ ।
आयोगको ७५ प्रतिशत बढुवाको सूचना हेर्न 75.pdf :To download file click here यहाँ थिच्नुहोस्
आयोगको २५ प्रतिशत बढुवाको सूचना हेर्न 25.pdf :To download file click hereयहाँ थिच्नुहोस्
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij