Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य खोप लगाउन केन्द्रले जारी गर्यो यस्तो सूचना

माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य खोप लगाउन केन्द्रले जारी गर्यो यस्तो सूचना


  • 4.6K
    Shares

    माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य खोप लगाउन केन्द्रले जारी गर्यो यस्तो सूचना
    images

    सरकारले माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई खोप अभियान सञ्चालन गर्ने भएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार सबै विद्यार्थीहरूलाई खोप लगाउने उद्देश्यले सरकारले यो अभियान सञ्चालन गर्ने भएको हो ।

    हिजोको सचिवस्तरबाटको निर्णयअनुसार गृह-सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालय लगायत स्वास्थ्य सेवा विभागका पदाधिकारीहरुको बैठकले सो खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

    उक्त अवधिमा खोप व्यवस्थापन कार्यमा आवश्यक समन्वय तथा सहजीकरण हुन सबै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिइसकेको छ ।

    छलफलका क्रममा यस अघि माघ १५ गते सम्मका लागि सम्पूर्ण शिक्षण संस्था बन्द गरिएकोमा माघ १५ गते देखि २० गते सम्म सम्पूर्ण विद्यार्थीहरुलाई खोप दिने प्रयोजनका लागि विद्यालय खुला गरी सम्पूर्ण विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने गरी उक्त अवधिलाई खोपको प्रभावकारी वितरण अभियानको रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी सञ्चालन गर्ने निर्णय भएको केन्द्रले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

    ‘विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ को सङ्क्रमण नेपालमा पुनः तीव्र रुपमा बढ्दै गएकोले सोको रोकथाम, नियन्त्रण, निदान र उपचार साथै खोपको प्रभावकारी वितरणसम्बन्धी कार्यलाई एकीकृत र व्यवस्थित गर्ने सन्दर्भमा यहि २०७८ साल माघ १५ गतेदेखि २० गतेसम्म विद्यार्थीहरूलाई अभियानको रुपमा खोप दिने कार्यका लागि आवश्यक व्यवस्था हुन भनी गृह मन्त्रालय विपद् अध्ययन, जोखिम न्यूनीकरण तथा पूनर्लाभ शाखाको च.नं. २६० मिति २०७८ माघ ५ गतेको पत्रसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्र संख्या २०७८र०७९ च.नं. २१७ मिति २०७८माघ १० को पत्रबाट लेखि आएकोले उक्त अवधिमा विद्यालयले सम्बन्धित स्थानीय तह र स्वास्थ्य संस्थासँग आवश्यक समन्वय गरी विद्यार्थीहरूलाई कोभिड-१९ विरुद्दको खोप लगाउने व्यवस्थाका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिनु हुन यस केन्द्रको मिति २०७८।१०।१० गतेको निर्णय अनुसार अनुरोध छ,’ केन्द्रको सूचनामा उल्लेख छ ।

    1.jpg

    2.jpg

    3.jpg

    प्रकाशित मिति :माघ ११ २०७८ मंगलवार - १२:५१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij