Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

इन्जिनियरिङको स्नातक तहमा भर्ना खुल्यो, अनलाइनबाट आवेदन दिन सकिने

इन्जिनियरिङको स्नातक तहमा भर्ना खुल्यो, अनलाइनबाट आवेदन दिन सकिने


  • 3.6K
    Shares

    इन्जिनियरिङको स्नातक तहमा भर्ना खुल्यो, अनलाइनबाट आवेदन दिन सकिने
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आङ्गिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरूको शैक्षिक वर्ष २०७८/७९ का लागि स्नातक तहतर्फको भर्ना खुलेकाे छ ।

    संस्थान अन्तर्गतको प्रवेश परीक्षा बोर्डले एक सूचना जारी गर्दै नयाँ भर्नाको लागि प्रवेश परीक्षाको फारम भर्न विद्यार्थीहरूलाई आग्रह गरेको छ । बी.ई र बीआर्क तर्फ विभिन्न कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि प्रवेश परिक्षाको आवेदन खुलाइएको हो ।

    आवेदन माघ १३ गते बिहान ११ बजेदेखि २७ गते साझँ पाँच बजेसम्म संस्थानको वेबसाइट मार्फत अनलाइन फारम भर्न सकिन्छ । फारम भर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

    त्यसपछि परीक्षा शुल्क भुक्तानी गरेको भौचर अथवा डिजिटल वालेटबाट गरेको पेमेन्टको ट्रान्जेक्सन आईडी नम्बर उल्लेख गर्नुपर्ने हुन्छ । यसपश्चात आवश्यक दस्तावेजहरू आवेदन फारम सहित सब्मिट गर्न सकिन्छ ।

    प्रवेश परीक्षा शुल्क वापतको रकम कनेक्ट आईपीएस, ईसेवा, खल्ती वालेट अथवा सिद्धार्थबैंकको ‘बैंकस्मार्ट’ सेवा मार्फत पनि भुक्तानी गर्न सकिन्छ ।

    प्रवेश परीक्षा फागुन ८ गतेदेखि इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा सञ्चार प्रविधि केन्द्र पुल्चोकमा सिफ्ट अनुसार सञ्चालन हुने सूचनामा उल्लेख गरेको छ । 

    272004371_2593299754147101_7342149025339985791_n.png

    प्रकाशित मिति :माघ १० २०७८ सोमवार - १६:२६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij