Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

थपियो निमावि तहको विज्ञापनमा आवेदन दिने समय, अनलाइन आवेदन दिँदा के-के चाहिन्छ कागजात ?

थपियो निमावि तहको विज्ञापनमा आवेदन दिने समय, अनलाइन आवेदन दिँदा के-के चाहिन्छ कागजात ?


  • 9.0K
    Shares

    थपियो निमावि तहको विज्ञापनमा आवेदन दिने समय, अनलाइन आवेदन दिँदा के-के चाहिन्छ कागजात ?
    images

    शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको अनलाइन दरखास्त फाराम भर्ने सिंगल दस्तुरको अन्तिम म्याद दुईदिन थप गरेको छ ।

    पूर्वनिर्धारित सूचनाअनुसामाघ ६ गते सम्म र दोब्बर दस्तुरको अन्तिम म्याद माघ १३ गतेसम्म तोकिएकोमा दरखास्त दिने उम्मेद्वारहरुको सुविधालाई ध्यानमा राखी सो म्यादमा दुई दिन थप गरी माघ ८ गते राती ११ः५९ बजेसम्म र दोब्बर दस्तुरको म्याद माघ १५ गते राती ११ः५९ बजेसम्म कायम गरिएको छ ।

    उक्त थपिएको म्याद सकिएको भोलिपल्ट बैङ्किङ कारोबार हुने समयभित्र तोकिएको राजश्च दस्तुर रकम तेकिएको बैङ्कमा अनिवार्य रुपमा जम्मा गर्न आयोगको आजको बैठकले निर्णय गरेको एक सूचना जारी गरी जानकारी दिएको छ ।

    getfiles-page-001_dveyvkg.jpg

    अनलाइन आवेदन दिँदा अपलोड गर्नुपर्ने कागजातहरु

    नागरिकताको प्रमाणपत्र

    हालसालै खिचेको फोटो

    दस्तखत नमना

    अध्यापन अनुमतिपत्र

    न्यूनतम योग्यताको लब्धाङ्कपत्र

    समावेशी समूह खुल्ने प्रमाणित कागजात र तालिमको प्रमाणपत्र Scan गरी अनलाइन दरखास्त प्रणालीले निर्दिष्ट गरेको स्थानमा jpeg/jpg format मा गर्नुपर्नेछ ।

    दरखास्तमा उल्लेख गरेको विवरण र पेश गरिएका कागजातका सम्बन्धमा उम्मेदवार स्वयं नै पूर्ण जवाफदेही हुनु पर्नेछ।

    समावेशी तर्फका उम्मेदवारहरुले पेश गर्नुपर्ने थप कागजातहरु:

    (क) आदिवासी/जनजातिको सम्बन्धमा नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ मा सूचीकृत भएको जातिको हकमा सोही सुचीको आधारमा र सो ऐनमा सुचीकृत भएको जातिभित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट त्यसरी सूचीकृत भएको जातिभित्रको थर हो भनी प्रमाणित भएको कागजात।

    (ख) विज्ञापित मधेशी समूहको हकमा तराई-मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी/जनजाति, दलित, पिछडावर्ग वा अल्पसङ्ख्यक मुसलमान समुदायका सम्बन्धमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिमको संस्थाबाट तराई मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी/जनजाति, दलित, पिछडावर्ग वा अल्पसङ्ख्यक मुसलमान समुदाय हो भनी प्रमाणित गरेको कागजात र त्यसरी नतोकिएको भएमा सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमख जिल्ला अधिकारीबाट तराई मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी/जनजाति, दलित, पिछडावर्ग वा अल्पसङ्ख्यक मुसलमान समुदाय हो भनी प्रमाणित गरेको कागजात।

    (ग) दलितका सम्बन्धमा राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा र सो आयोगबाट सूचीकृत भएको जातिभित्र एकभन्दा बढी थर भएमा सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट त्यसरी सूचीकृत भएको जातिभित्रको थर हो भनी प्रमाणित भएको कागजात।

    (घ) अपाङ्गताको हकमा सरोकारवाला निकाय (समाज कल्याण परिषद्, महिला विकास कार्यालय र सम्बन्धित स्थानीय तह) बाट अपाङ्गता प्रमाणित गरेको परिचयपत्र ।

    (ङ) पिछडिएको क्षेत्रको सम्बन्धमा अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास उल्लेख गरी सम्बन्धित जिल्लाबाट प्राप्त गरेको नागरिकताको प्रमाणपत्र तथा सम्बन्धित स्थानीय तहबाट दरखास्त दिंदाको बखतसम्म सोही स्थानमा स्थायी बसोबास भएको हो भनी प्रमाणित भएको कागजात।

    प्रकाशित मिति :माघ १० २०७८ सोमवार - १४:२७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij