२०८२ भाद्र ९ गते सोमवार
शिक्षक सेवा आयोगको खुला विज्ञापनअन्तर्गत अब माध्यमिक तहको आवेदन बुझाउने म्याद सकिएको छ । आयोगका अनुसार माध्यमिक तहका लागि ३६ हजार ५८२ जनाले आवेदन दिएका छन् ।
त्यस्तै निम्न माध्यमिक तहमा हालसम्म ८६ हजार ७१५ जना र प्राथमिक तहमा ९५ हजार ८६ जनाले आवेदन फाराम भरेका छन् ।
निम्न माध्यमिक तहका लागि आवेदन बुझाउने म्याद दुई दिन थप गरिएको छ । आयोगका अनुसार माघ १५ गतेसम्म निम्न माध्यमिक तहका उम्मेदवारले र माघ २० गतेसम्म प्राथमिक तहका उम्मेदवारले आवेदन बुझाउनसक्नेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij