२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं। त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक सत्र २०७८ /०७९ को स्नातक तह बी.ई र बी. आर्क कार्यक्रममा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन माग गरेको छ ।
विद्यार्थी भर्नाका लागि सूचना प्रविधिको आधारमा कम्प्युटर विधिमार्फत सञ्चालन गरीने प्रवेश परीक्षा फागुन ८ देखि इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा संचार प्रविधि केन्द्र पुल्चोकमा स्वास्थ्य मापदण्ड पालना गरी तोकिएको समयमा सिफ्ट अनुसार सञ्चालन गरीने जनाएको छ ।
अध्ययनका लागि इच्छुक विद्यार्थीहरुले माघ १३ गतेदेखि २७ गतेसम्ममा अनलाइन बाट आवेदन दिन सकिने जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij