Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

काठमाडौं महानगरले दियो लेखापाललाई १७ हजार र इसीडी शिक्षकलाई १५ हजार तलब

काठमाडौं महानगरले दियो लेखापाललाई १७ हजार र इसीडी शिक्षकलाई १५ हजार तलब


  • 4.0K
    Shares

    • images
    काठमाडौं महानगरले दियो लेखापाललाई १७ हजार र इसीडी शिक्षकलाई १५ हजार तलब
    images

    काठमाडौं महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) लाई महानगरले संघीय सरकारले तोकेको न्यूनतम तलब उपलब्ध गराएको छ । 

    महानगरपालिकाको शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीका अनुसार महानगरले इसीडी शिक्षक र विद्यालय सहयोगीलाई मासिक १५ हजार रूपैयाँ उपलब्ध गराएको हाे । त्यस्तै विद्यालय लेखापाललाई भने मासिक १७ हजार रूपैयाँ उपलब्ध गराइएको उनले बताए ।

    सुवेदीका अनुसार इसीडी शिक्षक र विद्यालय कर्मचारी गरेर महानगरपालिकाभित्र २४९ जना कर्मचारी कार्यरत छन् । संघीय सरकारले २०७८/०७९ को बजेटमार्फत् इसीडी शिक्षक र विद्यालय कर्मचारीहरूलाई न्यूनतम मासिक १५ हजार रूपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो ।

    संघीय सरकारको घोषणापछि केही स्थानीय तहहरूले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्यूनतम तलब उपलब्ध गराए पनि अधिकांश स्थानीय तहले भने दिएका छैनन् ।

     

    प्रकाशित मिति :माघ ९ २०७८ आइतवार - १२:३८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij