Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

शिक्षक सेवा आयोग: खुलाइएको विज्ञापनमा आवेदन दिनेको ओईरो लागेपछि म्याद थपियो, कतिले दिए आवेदन ?

शिक्षक सेवा आयोग: खुलाइएको विज्ञापनमा आवेदन दिनेको ओईरो लागेपछि म्याद थपियो, कतिले दिए आवेदन ?


  • 14.3K
    Shares

    शिक्षक सेवा आयोग: खुलाइएको विज्ञापनमा आवेदन दिनेको ओईरो लागेपछि म्याद थपियो, कतिले दिए आवेदन ?
    images

    शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको अनलाइन दरखास्त फाराम भर्ने सिंगल दस्तुरको अन्तिम म्याद दुईदिन थप गरेको छ ।

    पूर्वनिर्धारित सूचनाअनुसामाघ ६ गते सम्म र दोब्बर दस्तुरको अन्तिम म्याद माघ १३ गतेसम्म तोकिएकोमा दरखास्त दिने उम्मेद्वारहरुको सुविधालाई ध्यानमा राखी सो म्यादमा दोब्बर दस्तुरको म्याद माघ १५ गते राती ११ः५९ बजेसम्म कायम गरिएको छ ।

    उक्त थपिएको म्याद सकिएको भोलिपल्ट बैङ्किङ कारोबार हुने समयभित्र तोकिएको राजश्च दस्तुर रकम तेकिएको बैङ्कमा अनिवार्य रुपमा जम्मा गर्न आयोगको आजको बैठकले निर्णय गरेको एक सूचना जारी गरी जानकारी दिएको छ ।

    शिक्षक सेवा आयोगले आगामी चैत्रमा पहिलो चरणको सामान्य परीषा सञ्चालन गर्ने गरी गरेको खुलातर्फको तृत्तीय श्रेणीको शिक्षक पदको विज्ञापनका लागि आवेदकको संख्या दुईलाख नाघेको छ ।

    माध्यमिक, निम्न माध्यमिक तथा प्राथमिक तहका १७ हजार २३३ शिक्षक पदका लागि खुलाएको विज्ञापनमा आवेदन दिने परीक्षार्थीको स.ख्या दुई लाख बढी पुगेको हो ।

    आयोगले मंसिर २९ गते खुलाएको मावि तहको एक हजार ५४२ दरबन्दीका लागि ३६ हजार ५०० आवेदन परेको आयोगले जानकारी दियो । आयोगका अनुसार निमावि तहको पुस ७ गते गरेको विज्ञापनका लागि आवेदन दिनेको संख्या आजसम्म ८५ हजार आवेदन परिसकेको छ । इच्छुक परीक्षार्थीले माघ १३ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सक्नेछन् । आयोगका अनुसार निमाविमा एक् लाख भन्दा बढी आवेदक हुने संभावना देखिएको छ । त्यस्तै प्रावि तहमा आयोगले पुस १४ गते १३ हजार ९३ जनाका लागि विज्ञापन गरेको थियो । सो पदका लागि ९१ हजार आवेदन परिसकेको छ ।

    प्राविको लागि यही १३ गतेसम्म नियमित र १४ गतेदेखि २० गतेसम्म दोब्बर शुल्क तिरेर पारम भर्न सकिने हुँदा आवेदकको संख्या एक लाख २० हजारको हाराहारीमा हुने आयोगको अनुमान छ ।

    आयोगले गेसपेपर, गाइड वा पाठ्यक्रमसँग मिल्दोजुल्दो पुस्तक लेख्ने तथा कोचिङ कक्षा पढाउने व्यक्तिलाई विज्ञको रुपमा नलिने निर्णय गरेको छ ।

    आयोगले आगामी चैतमा हुने शिक्षक पदको परीक्षाका लागि प्रश्नपत्र बनाउँदा, उत्तरपुस्तिका जाँच्दा, अन्तर्वार्ता लिँदा त्यस्ता व्यक्तिलाई विज्ञको रुपमा नलिने निर्णय गरेको आयोगका अध्यक्ष मधु रेग्मीले बताए ।

    उनले भने, ‘हाम्रो कोड अफ कन्डक्ट अनुसार गेस पेपर, गाइड, कोचिङ कक्षा लिने व्यक्तिहरुलाई विज्ञको रुपमा छनोट नगर्ने निर्णय गरिएको हो ।’ आयोगले मावि तर्फको शिक्षक पदको चैत १५ गते, निमावि तहको चैत १७ गते र प्रावि तहको चैत १९ गते परीक्षा लिने मिति तोकेको छ ।

    आयोगले माध्यामिक, निम्न माध्यामिक, प्राथमिक तहमा शिक्षक पदमा दरबन्दी खोलेसँगै शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन हुनुका साथै तयारी कक्षाको लागि आवश्यक सामग्री, परीक्षा सहयोगी पुस्तिका जस्ता सामग्री बजारमा पाइन थालेका छन् ।

    अध्यक्ष रेग्मीले भने, ‘यस्ता कार्यमा सहभागी व्यक्तिलाई विज्ञको रुपमा बोलाउँदा फेयर प्ले नहुने जोखिम हुने भएकोले नबोलाउने नीति लिएका हौं ।’

    प्रकाशित मिति :माघ ९ २०७८ आइतवार - ११:३२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij