Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

‘पद गए जान्छ, भोलि नै कदम चाल्नुस्’ भन्दै गृह मन्त्रीलाई शिक्षामन्त्री पौडेलले फोनबाटै दिए यस्तो निर्देशन

‘पद गए जान्छ, भोलि नै कदम चाल्नुस्’ भन्दै गृह मन्त्रीलाई शिक्षामन्त्री पौडेलले फोनबाटै दिए यस्तो निर्देशन


  • 15.7K
    Shares

    • images
    ‘पद गए जान्छ, भोलि नै कदम चाल्नुस्’ भन्दै गृह मन्त्रीलाई शिक्षामन्त्री पौडेलले फोनबाटै दिए यस्तो निर्देशन
    images

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले एमबीबीएस अध्ययनरत विद्यार्थीसंग बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही गर्न गृहमन्त्रालाई सिफारिस गरेको बताएका छन् ।

    संयुक्त विद्यार्थी संगठनका नेताहरुलाई मन्त्रालयमा बोलाएर चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा बढी शुल्क लिने मेडिकल कलेजका सञ्चालकलाई कारबाही गर्न गृहमन्त्राललाई सिफारिस गरेको जानकारी दिए ।

    ‘मन्त्री पद गौण हो, म विद्यार्थीको पक्षमा छु’ मन्त्री पौडेलले भने ‘विद्यार्थीको पक्षमा उभिँदा पद गएपनि केही फरक पर्दैन ।’ सयुक्त विद्यार्थी संगठनसँगको छलफल चलिरहेकै बेला गृहमन्त्री खाँणलाई फोन गरेर मन्त्री पौडेलले भने ‘म विद्यार्थीको पक्षमा छु राज्य निरिह भयो भन्ने छ भोलि नै कदम चाल्नुहोस् ।’

    २०७५ मा बनेको चिकित्सा शिक्षा ऐनले विद्यार्थी ठगी गर्ने कलेजलाई कारबाही गर्ने अधिकार गृहमन्त्रालयलाई दिएको बताउँदै विद्यार्थीले दिएका प्रमाणहरु गृहमन्त्रालयमा पठाइसकेको जानकारी दिए ।

    पुस ३० गते शिक्षा मन्त्री पौडेलको अध्यक्षमा बसेको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम चिकित्सा शिक्षाको स्नातक तहको एमबिबिएस कार्यक्रमका लागि चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्कभन्दा बढी लिन नपाइने निर्णय गरेको थियो ।

    यस्तै, छात्राबाससम्बन्धी समस्यालाई सम्बन्धित शिक्षण संस्थाले तथा अभिभावक एवम् विद्यार्थीबीच आपसी छलफल गरी सहमतिमा निरूपण गर्ने र यसको सहजीकरण विश्वविद्यालयले गर्ने र ऐन कार्यान्वयनका सन्दर्भमा देखिएका असहजता निरूपणका लागि सम्बन्धित निकाय, विज्ञ तथा अन्य सरोकारका पक्षहरूसँग छलफल गरी संशोधनका लागि राय परामर्श उपलब्ध गराउनेलगायतका विषयमा निर्णय भएपनि कार्यान्वयन नभएपछि शिक्षा मन्त्रालयले कारबाहीका लागि गृहलाई सिफारिस गरेको हो । 

    प्रकाशित मिति :माघ ७ २०७८ शुक्रवार - १६:५८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij