Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

केयूको परीक्षा स्थगित

केयूको परीक्षा स्थगित


  • 4.0K
    Shares

    • images
    केयूको परीक्षा स्थगित
    images

    काठमाडौं विश्वविद्यालयले कोभिडको कारण परीक्षा स्थगित गरेको छ । माघ दुई गतेदेखि हुने तय भएको व्यवस्थापन संकायको परीक्षा स्थगित गरेको विश्वविद्यालयका प्रवक्ता इक्कुमाया पुनले जानकारी दिइन् ।  केयुले कलेज अफ म्यानेजमेन्टको परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो । 

    त्यस्तै त्रिभुवन विश्वविद्यालय (त्रिविले) र पूर्वाञ्चल विश्वविद्यालय (पीयू)ले ओमिक्रोन भाइरसको तीव्र संक्रमण बाबजुद उच्च सुरक्षा सावधानी अपनाएर परीक्षा सञ्चालन गरिरहेको जानकारी दिएका छन् ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अहिले परीक्षा नरोक्दा धेरै विद्यार्थीको हित हुने भएकाले परीक्षा नरोक्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार अहिले संक्रमितमध्ये अधिकांशलाई सामान्य लक्षण मात्रै देखिएको छ । त्यसैले परीक्षा नरोक्दा धेरै विद्यार्थीको हितमा देखिएपछि परीक्षा नरोक्ने निर्णय गरेका हो

    संक्रमितलाई छुट्टै कक्ष

    संक्रमित विद्यार्थीले परीक्षा दिन चाहेमा केन्द्राध्यक्षले छुट्टै कक्षको व्यवस्था गर्नुपर्ने शर्माले बताए । विद्यार्थीले पछि छुट्टै परीक्षा दिन पाउने व्यवस्था भने विश्वविद्यालयले आफैंले निर्णय गर्ने बताए ।

    पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका काठमाडौं स्कुल अफ लमा पाँच वर्षे बीएएलएलबीका परीक्षार्थीहरू संक्रमितसँगै राखिएको भन्दै बुधबार तनाव सिर्जना गरेका थिए । अहिले विद्यार्थीहरु संक्रमणको उच्च जोखिम भएकाले परीक्षा स्थगित गर्न माग गरिरहेका छन् ।

    पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक मोहन बस्नेतले परीक्षा केन्द्रहरुलाई लक्षण देखिएका विद्यार्थीहरुलाई छुट्टै कक्षाको व्यवस्था गर्न निर्देशन दिएको बताए । तर केही विद्यार्थी संक्रमित भएकै कारण परीक्षा स्थगित गर्ने र संक्रमित विद्यार्थीले पछि परीक्षा दिन पाउने व्यवस्थाबारे निर्णय गरेको छैन ।

    ‘परीक्षा केन्द्रहरुलाई रुघाखोकी लागेका विद्यार्थीको लागि छुट्टै कक्षमा राखेर परीक्षा गराउन निर्देशन दिएका छौं,’ उनले भने ‘तर परीक्षा स्थगित अथवा संक्रमितले पछि परीक्षा दिन पाउने भन्ने विषयमा निर्णय गरेका छैनौं । विद्यार्थीले संक्रमित भएको प्रमाण पेस गरेको अवस्थामा विश्वविद्यालयले पक्कै निर्णय गर्छ ।’

    त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्ष प्राडा।शिवलाल भुषालले सञ्चालन भइरहेका अथवा माघभित्रै सञ्चालन हुने परीक्षा स्थगित नहुने जानकारी दिए ।

    त्रिविले परीक्षा केन्द्रहरुलाई सामान्य संक्रमितलाई छुट्टै आइसोलेसन कक्षको व्यवस्था गर्न निर्देशन दिएको छ । गम्भीर संक्रमितलाई भने केही पछि परीक्षा दिन पाउने गरी व्यवस्था गर्ने तयारी भइरहेको उनले बताए ।

    अहिले त्रिविले चार वर्षे बीएस्सी तहको परीक्षा सञ्चालन गरिरहेको छ भने तीन वर्षे एलएलबीको परीक्षा यही माघ १० गतेदेखि गर्ने तयारी छ ।

    प्रकाशित मिति :माघ ६ २०७८ बिहिवार - १४:२१:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij