२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको विज्ञापन संशोधन गरेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दरबन्दी थप गरेका जिल्लाहरुमा पद थप गरेको हो ।आयोगले इलाम, धनकुटा, सिरहा, सिन्धुपाल्चोक, बारा, कपिलवस्तु, दाङ, सुर्खेत र बैतडी जिल्लामा पद संख्या थप गरेको हुनाले आयोगले पदसंख्या थप गरेको हो ।
आयोगले गत पुस १४ गते प्रकासित गरेको प्राथमिक तहको तृतीय श्रेणीको खुला तर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गरेको थियो । आयोगले यो विज्ञापनको प्रतिस्पर्धा र छनोट जिल्लास्तरमा गर्ने गरी विज्ञापन गरेको थियो ।
इच्छुक कुनै पनि उम्मेदवारले एक जिल्लामा मात्र दरखास्त फाराम पेश गर्न सक्ने आयोगद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
आयोगका अनुसार खुलामा ११२ जना, महिलामा २६ जना दलित महिलातर्फ २ जना, मुस्लिम २ जना, आदिवासी तथा जनजातितर्फ २७ जना, मधेशी कोटामा १९ जना, दलित कोटामा ७ जना, अपाङ्गता भएकोमा ५ जना र पिछडिएको क्षेत्रको कोटामा ४ जना गरी जम्मा २०४ जना थप गरिएको आयोगले जनाएको छ ।
केन्द्रले दरबन्दी थप गरेका इलाम, धनकुटा, सिरहा, सिन्धुपाल्चोक, बारा, कपिलवस्तु, दाङ, सुर्खेत र बैतडी जिल्लामा पद संख्या थप गरेको हुनाले आयोगले पदसंख्या थप गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij