Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

माघ १६ गतेदेखि विद्यालय खोल्न सरकारले दियो यस्तो निर्णय

माघ १६ गतेदेखि विद्यालय खोल्न सरकारले दियो यस्तो निर्णय


  • 28.8K
    Shares

    • images
    माघ १६ गतेदेखि विद्यालय खोल्न सरकारले दियो यस्तो निर्णय
    images

    माग १५ गतेसम्म बन्द गरिएका विद्यालय खुल्ने भएका छन् । माघ १६ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय भएको हो । कोभिड विरुद्धको खोप लगाउने प्रयोजनका लागि विद्यालय खोल्ने निर्णय गरिएको छ ।

    गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा कोभिड–१९ रोक्ने विषयमा विभिन्न मन्त्रालयका प्रतिनिधिबीच गृह मन्त्रालयमा मंगलवार भएको बैठकले विद्यालय खोल्ने निर्णय गरेको हो ।

    गृह मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले त्यो समयमा विद्यालयमा खोप अभियान नै चलाइने जानकारी दिए ।

    विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    कोभिड संक्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षा दिन पाउने व्यवस्था गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ । त्यो सर्कुलर भने सम्बन्धित मन्त्रालयले विश्वविद्यालयमा गर्नेछ ।

    प्रकाशित मिति :माघ ५ २०७८ बुधवार - १४:४६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij