२०८२ माघ ८ गते बिहिवार
राहत शिक्षकलाई शिक्षक सेवा आयोगको परीक्षामा उमेरको हद नलगाउन नेपाल राष्ट्रिय शिक्षक संगठनले शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको ध्यानाकर्षण गराएको छ।
विज्ञप्ति जारी गर्दै शिक्षक सेवा आयोगले शिक्षकहरुको स्थायी पदपूर्तिको लागि गरेको विज्ञापनमा वर्षौंदेखि राहत अनुदान तथा करारमा कार्यरत शिक्षक उमेर हदका कारणले स्थायी पदपूर्तिका लागि हुने प्रतिस्पर्धामा आवेदन गर्न नपाउने अवस्था आउन नदिन प्रभावकारी पहलका लागि मन्त्रालयको ध्यानाकर्र्षण गराएको हो।
विगतमा शिक्षक महासंघ र नेपाल सरकारबीच भएको सहमतिमा कार्यरत सबैखाले शिक्षकलाई आयोगको परीक्षामा सामेल हुन उमेरको हद नलाग्ने भन्ने बुँदा उल्लेख भएको हुनाले शिक्षा ऐनमा भएको बाधक बुँदा संशोधन गरी आयोगले निर्धारण गरेको आवेदन गर्ने म्यादभित्रै सो व्यवस्था मिलाउनको लागि मन्त्रालयको ध्यानाकर्षण गराएको जारी विज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij