Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

अब बैंक अफ काठमाण्डूले एनआरएन लक्षित निक्षेप खाता

अब बैंक अफ काठमाण्डूले एनआरएन लक्षित निक्षेप खाता


  • 5.0K
    Shares

    अब बैंक अफ काठमाण्डूले एनआरएन लक्षित निक्षेप खाता

    काठमाडौँ । बैंक अफ काठमाण्डूले बिओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ ।

    विश्वभरि रहेका गैरआवासीय नेपालीका लागि बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम् लाभलाई मध्यनजर गर्दै नयाँ व्यवस्था गरेको बैैंकले जनाएको छ । विदेशमा बसेर आयआर्जन गरिरहेका ग्राहकलाई आफ्नो मातृभूमिमा रहेको यस बैंकमा खाता खोली उच्चतम् प्रतिफल लिनसक्ने बैंकले जनाएको छ ।

    गैरआवासीय नेपाली महानुभावहरुले यस बैंकमा अमेरिकी डल, यूरो जापानीयनलगायतका मुद्राहरुमा बैंक खाता खोल्न सक्ने बैंकले जनाएको छ । बैंकमा एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपालीहरुले अधिकतम् ५.५ प्रतिशतसम्मको वार्षिक ब्याजदर पाउने बैंकको भनाइ छ ।

    साथै निक्षेप खाता खोल्दा बैंकले विशेष बैंकिङ सेवा तथा विदेशी विनिमय कारोबारमा आकर्षक विनिमय दरको लाभ दिने पनि जनाएको छ । बैंकले सार्वजनिक गरेको उक्त निक्षेप खाताले गैरआवासीय नेपालीले आर्जन गरेको रकमको उच्चतम् प्रतिफलका साथै स्वदेशमै सहज बैंकिङको अनुभव लिन पाउने बैंकको दावी छ ।

    प्रकाशित मिति :माघ ३ २०७८ सोमवार - १२:५२:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij