Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

बर्दियामा १० वर्षे शिक्षा योजना लागू

बर्दियामा १० वर्षे शिक्षा योजना लागू


  • 3.6K
    Shares

    • images
    बर्दियामा १० वर्षे शिक्षा योजना लागू
    images

    बर्दिया । बारबर्दिया नगरपालिकाले सञ्चालन गरिरहेको १० वर्षे शिक्षा सुधार योजनाअन्तर्गत स्थानीय पाठ्यपुस्तक र शिक्षक डायरी लागू गरेको छ ।

    उक्त योजनामा एक दशकमा नगरपालिकाको शिक्षा अवस्थाबारे परिकल्पना गरिएको छ । एक दशकमा यहाँका विद्यार्थी अब्बल हुने नगर प्रमुख दुर्गाबहादुर थारुले दाबी गरे । यस योजनाले पालिकाको शैक्षिक गुणस्तर उकास्ने उनको भनाइ छ ।

    शिक्षा सुधार योजनाअन्तर्गत भौतिक पूर्वाधार, कक्षाकोठा, फर्निचरलगायत कार्यालय कक्षमा सम्पूर्ण व्यवस्था गरिने भएको छ । विद्यालयमा कुनै कुराको अभाव हुन नदिने शिक्षा योजनामा रहेको छ । यस योजनाको सम्पूर्ण बजेट बारबर्दियाले खर्च गर्ने भएको छ ।

    प्रकाशित मिति :माघ ३ २०७८ सोमवार - १०:२१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij