Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

सेयर बजारमा हरियाली : नेप्सेमा ६९ अंकको वृद्धि हुँदा २९०० माथि

सेयर बजारमा हरियाली : नेप्सेमा ६९ अंकको वृद्धि हुँदा २९०० माथि


  • 4.1K
    Shares

    सेयर बजारमा हरियाली : नेप्सेमा ६९ अंकको वृद्धि हुँदा २९०० माथि
    images

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाउँदा बजार परिसूचक नेप्से २९०० अंक माथि पुगेको छ । आइतबार नेप्से ६९ अंकले बढेर २९२६.७४ अंकमा बन्द भएको छ ।

    अंग्रेजी नयाँ वर्ष २०२२ सुरु भएसँगै लगातर बढीरहेको नेप्सेमा ४०० अंक भन्दा बढीको वृद्धि भइसकेको छ । सन् २०२१ को अन्तिम कारोबार दिन २५२४.५० अंकमा बन्द भएको नेप्से नयाँ वर्ष सुरु भएपछिको ११ कारोबार दिनमा ४०२.२४ अंकले बढेको हो ।

    नेप्सेसँगै कारोबार रकम पनि उकालो लाग्दै गएको छ । आइतबार नेप्सेमा कारोबार रकम साढे ९ अर्ब नाघेको छ । एक करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६७ करोड ६३ लाख १७ हजारको कारोबार भएको छ ।

    बजारमा सबै उपसूचकमा हरीयाली छाउँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै २.१४ अंकले बढेको छ । यस्तै उत्पादनमुलक उपसूचक ५.६२ प्रतिशत, अन्य उपसूचक ३.०९ प्रतिशत, विकास बैंक उपसूचक २.७७ प्रतिशत र जीवत तथा निर्जीवन बिमा, व्यापार हाइड्रोपावर र फाइनान्स उपसूचक २ प्रतिशत माथिले बढेका छन् ।कोभिड संक्रमण बढ्न सुरु भएसँगै लकडाउन हुने चर्चाले पछिल्लो केही दिनयता लगानीकर्ताले बजार बढ्नेमा विश्वस्त भएर लगानी बढाएको देखिन्छ । तर, कतिपय लगानीकर्ता भने बजाबाट बाहिरिने अवसर भएको बताइरहेका छन् ।

    बजारमा वृद्धि हुँदै गर्दा सेयर कारोबारमा लगानीकर्ताको रोजाइमा हाइड्रोपावर कम्पनी पर्दै गएका छन् । आज बजारमा अरूण भ्याली हाइड्रोपावरको ३६ करोडको कारोबार हुँदा अपी पावरको ३० करोड माथि कारोबार भएको छ भने अपर तामाकोशीको पनि करिब ३० करोडकै सेयर किनबेच भएको छ । 

    आज नेप्सेमा १८९ कम्पनीको सेयर कारोबार हुँदा १६७ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै १६ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ६ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।

    स्ट्यान्डर्ड चार्टर्ड बैंक र मध्ये भोटेकोशी जलविद्युत कम्पनीको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा किसान लघुवित्तको सेयरमूल्य पनि ९.९४ प्रतिशतले बढेको छ । यता बोटलर्स नेपाल तलाईका सेयरमूल्य सवार्धिक २.९७ प्रतिशतले गिरावट हुँदा मनकामना स्मार्ट लघुवित्तको २.५६ प्रतिशत, मैलुङ खोला जलविद्युत् कम्पनीको २.३३ प्रतिशत र न्यादी हाइड्रोपावरको २.२७ प्रतिशतले गिरावट भएको छ ।

    प्रकाशित मिति :माघ २ २०७८ आइतवार - १५:४६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij