Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

यस्ता बिषयमा ध्यान दिए शिक्षक सेवा आयोगमा सफलता हात पार्न सकिन्छ, यी हुन् ६ टिप्स

यस्ता बिषयमा ध्यान दिए शिक्षक सेवा आयोगमा सफलता हात पार्न सकिन्छ, यी हुन् ६ टिप्स


  • 68.4K
    Shares

    • images
    यस्ता बिषयमा ध्यान दिए शिक्षक सेवा आयोगमा सफलता हात पार्न सकिन्छ, यी हुन् ६ टिप्स
    images

    काठमाडौं । शिक्षक सेवा आयोग शिक्षक पदपुर्तिका लागि विज्ञापन खोल्ने तयारीमा छ । आयोगको वार्षिक तालिका अनुसार शिक्षकहरुकको खुला विज्ञापन मंसिरमा खुलाउने तालिकामा उल्लेख गरीएको छ । धेरै व्यक्तिहरु शिक्षक सेवा आयोगले लिने परीक्षाको तयारी गरीरहनु भएको छ । साथै यो सँगै आयोगबाट लिइने अन्य परीक्षको तयारीमा लागिरहनु भएको छ ।

    यसरी शिक्षक सेवा आयोग लगायत अरु आयोगबाट लिइने परीक्षाको तयारी कसरी गर्न सकिन्छ भन्ने विषयमा प्राविधिक तथा व्यावसयिक शिक्षाका पाठ्यक्रम अधिकृत खिलनाथ धमलाले तयार पारेका टिप्स यस्ता छन् ।

    सबै भन्दा पहिला के गर्ने ?

    १.आयोगले निर्धारण गरेका पाठ्यव्रmम र पाठ्यव्रmमको परीक्षा योजना, पाठ्यव्रmमको ढाँचा, विषय क्षेत्रका बारेमा स्पष्ट हुने ।

    २. लिखित परीक्षा सम्बन्धी सामान्य परीक्षा र विषयगत परीक्षा सम्बन्धी स्पष्ट हुने ।

    ३. विषय क्षेत्र, पूर्णाङ्क, उत्तीर्णाङ्क, प्रश्नपत्र, परीक्षा प्रणाली र समयको बारेमा एकिन गर्ने ।

    ४. आयोगबाट सोधिने प्रश्नहरुको एकिन गरी समय विभाजन गर्ने र सो समयभित्र उत्तर दिने ।

    के गर्ने?

    १.अध्ययन सम्बन्धी चिन्तनको विकास गर्ने ।

    २. फ्रेस मनस्थिति बनाउने ।

    ३. दैनिक बिहान सामान्य भए पनि योगाभ्यास गर्ने ।

    ४.अनावश्यक तनाव नलिने ।

    ५.अध्ययन गर्ने विषयवस्तु प्रति लगाव राख्ने

    ६. नयाँ नयाँ विषयवस्तु अपडेट भईरहने

    ७.आधिकारिक सामग्रीहरु खोजी गरी अध्ययन गर्ने बानी बसाल्ने

    ध्यान दिनु पर्ने कुराहरु:

    अध्ययन गर्ने सामग्रीहरु:

    – आयोगबाट निर्धारण गरिएको पाठ्यक्रम लिने,

    – परीक्षा दिने तहको पाठ्यक्रम, पाठ्यपुस्तक ऐन, नियम तथा निर्देशिकाहरु लिने,

    – आयोगका विभिन्न समयमा प्रकाशित प्रतिवेदनहरु लिने,

    – मन्त्रालय तथा विभिन्न शैक्षिक निकायहरुबाट प्रकाशित शैक्षिक स्मारिका, प्रतिवेदन, निर्देशिकाहरु लिने,

    – आधिकारिक वेबसाइटबाट अध्ययन गर्ने सामग्रीहरु संकलन गर्ने,

    – पाठ्यक्रममा भएका हुबहु विषयवस्तुहरु अध्ययन गर्ने र त्यसै अनुसार तयारी गर्ने

    – पाठ्यक्रम अनुसारका स्रोत र सन्दर्भ सामग्रीहरुको सूचीकरण गरी आवश्यक सामग्री संकलन गर्ने र अध्ययनकाक्रममा महत्वपूर्ण स्थानमा संकेत गर्ने

    – पाठ्यक्रम अनुसार आधिकारिक सामग्रीहरु संकलन गर्ने

    – संकलन गरिएका सामग्रीहरुबाट पाठ्यक्रमसँग मिलाएर हेर्ने र नोट गर्ने

    – नोट गरिएका विषयवस्तुहरु अध्ययन गर्ने तथा नमूना प्रश्न निर्माण गरी उत्तर लेख्ने

    – स्पष्ट नभएका विषयवस्तुहरु आधिकारिक निकाय वा सामग्रीबाट हेरेर स्पष्ट हुने

    अध्ययन गर्ने तरिका:

    – पाठ्यक्रममा समेटिएका विषयवस्तुहरुको थप सामग्री खोजी गरी अध्ययन गर्ने,

    – आयोगबाट सोधिएका प्रश्नहरुको टिपोट गरी समय व्यवस्थापन गरी उत्तर लेख्ने अभ्यास गर्ने,

    – विश्लेषणात्मक उत्तर उत्तर लेख्दा शिष्ट, मर्यादित, सुधारका विकल्पहरु, कार्यान्वयन गर्न सकिने खालका उत्तर लेख्ने,

    – लेखाईलाई सिलसिलाबद्ध, प्रष्ट, सफा र स्पष्ट देखिने गरी जवाफ दिने ।

    वस्तुगत प्रश्नको उत्तर लेख्ने तयारी गर्दा:

    – पाठ्यक्रममा दिइएका वस्तुगत खण्डको लागि आवश्यक सामग्री संकलन गरी अध्ययन गर्ने

    – पाठ्यक्रम अनुसार आधिकारिक सामग्रीहरुबाट मुख्य मुख्य बुँदाहरु टिपोट गर्ने

    – टिपोट गरिएका बुँदाहरु याद गर्ने र नमूना प्रश्नहरु निर्माण गरी अभ्यास गर्ने

    – कुन एकाइबाट कति प्रश्न सोध्ने हो एकिन गर्ने

    अन्त्यमा:

    – प्रश्न निर्माण पाठ्यक्रम अनुसार हुने हुँदा पाठ्यक्रम भन्दा बाहिरका विषयवस्तु अध्ययनमा जोड नदिने,

    – कतिपय प्रश्नको उत्तर सामग्री अनुसार नै फरक फरक पाइने हुनाले आधिकारिक सामग्रीमा उल्लेख भएका मात्र अध्ययन गरी एकिन गर्ने,

    – परीक्षा दिने विषयको पाठ्यक्रम , पाठ्यपुस्तक र शिक्षक निर्देशिकाको गहन अध्ययन गर्ने,

    – प्रश्नको उत्तर लेख्न सुरुमा नै मुख्य कुरालाई कोटेशनको रुपमा वा प्रश्नको उत्तर आउने गरी प्रस्तुत गर्ने,

    – प्रश्न अनुसार पृष्ठभूमि लेख्ने,

    – प्रश्नको प्रकृति अनुसार उत्तरलाई बुँदागत रुपमा प्रस्तुत गर्ने,

    – अन्त्यमा सुझाव तथा सकारात्मक निष्कर्षबाट उत्तरलाई समापन गर्ने,

    – छोटो समयमा धेरै उत्तर दिनका लागि चित्र, रेखाचित्र, डायग्राम, ग्राफ, आदि मार्फत पनि प्रस्तुत गर्न सकिन्छ ।

    – प्रश्नको उत्तर दिंदा आफूले जानेजति नभई प्रश्नले मागे जति उत्तर दिनु पर्दछ ।

    प्रश्नको उत्तर दिने शैलिमा विविधता अपनाई आकर्षक बनाउने ।

     

    प्रकाशित मिति :पौष २९ २०७८ बिहिवार - १४:२६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij