Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

अब नेपाली विद्यार्थीले स्कुलमै पैसा कमाउने, यस्तो छ कार्यविधि

अब नेपाली विद्यार्थीले स्कुलमै पैसा कमाउने, यस्तो छ कार्यविधि


  • 4.6K
    Shares

    • images
    अब नेपाली विद्यार्थीले स्कुलमै पैसा कमाउने, यस्तो छ कार्यविधि
    images

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सञ्चालन हुने पढ्दै कमाउँदै कार्यक्रम कार्यविधि, २०७८ सार्वजनिक भएको छ । शिक्षालाई सिपसंग, सिपलाई श्रमसंग, श्रमलाई उत्पादनसंग र उत्पादनलाई बजारसंग जोडी भविष्यमा उद्यमी, व्यवसायिक, सिपयुक्त एवम् स्वालम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित कार्यविधि जारी गरिएको हो ।

    साधारण र प्राविधिक तथा व्यवसायिक धारका विद्यालय मार्फत आय आर्जनको अवसर प्रदान गरी पढ्दै कमाउँदै कार्यक्रम सरल, सहज र प्रभावकारी ढंगले कार्यान्वयन गर्न कार्यविधि जारी गरिएको छ ।

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा उद्यमशीलता, स्वावलम्बन, प्राविधिक सिप तथा व्यावसायिक सोच विकास गरी आत्मनिर्भर बनाउन र पाठ्यक्रममा आधारित गुणस्तरीय शिक्षाको सुनिश्चत गर्दै पढाइलाई निरन्तरता दिन वाञ्छनीय भएकोले, विनियोजन ऐन, २०७८ को दफा ९ को उपदफा (२) को अधिकार प्रयोग गरी नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो कार्यविधि बनाई लागू गरेको छ ।

    मुलकभरका सामुदायिक विद्यालयमा कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम सामुदायिक विद्यालयमा अध्ययनरत विदार्थीलाई लक्षित गरी लागु गरिएको हो ।

    कृषि (बाली विज्ञान-पशु विज्ञान-वागबानी) ,इन्जिनियरिङ (सिभिल-इलेक्ट्रीकल-कम्प्युटर), पर्यटन तथा हस्पिटालिटी, वन तथा वातावरण, निर्माण, अटोमोबाइल, व्यवसायिक कीट (मौरी पालन च्याउ र रेसम खेती) लगायतका क्षेत्रमा कायक्रम सञ्चालन गरिने छ । कार्यविधिको दफा ७ बमोजिम कार्यक्रम सञ्चालनको लागि छनोट भएका विद्यालयलाई सम्बन्धित स्थानीय तह मार्फत पेश गरेको प्रस्ताव र आवश्यकताका आधारमा सशर्त अनुदानको रुपमा रकम उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।

    यस्तो छ कार्यविधि 

    <iframe src="https://drive.google.com/file/d/1cc0Yux1l8a-NhS5BCbeReTE8bPhAatpR/preview" width="640" height="480" allow="autoplay"></iframe>

    प्रकाशित मिति :पौष २९ २०७८ बिहिवार - १३:४७:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij