Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

छुट अस्थायी करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा सामेल गराउन शिक्षामन्त्रीले थाले यस्तो पहल, होम आइसोलेसनबाटै परामर्शमा जुटे मन्त्री पौडेल

छुट अस्थायी करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा सामेल गराउन शिक्षामन्त्रीले थाले यस्तो पहल, होम आइसोलेसनबाटै परामर्शमा जुटे मन्त्री पौडेल


  • 45.0K
    Shares

    • images
    छुट अस्थायी करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा सामेल गराउन शिक्षामन्त्रीले थाले यस्तो पहल, होम आइसोलेसनबाटै परामर्शमा जुटे मन्त्री पौडेल
    images

    शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धामा छुट अस्थायी करार शिक्षकलाई कसरी सहभागी गराउने भन्ने बिषयमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सुझाव दिन कार्यदल बनाउने तयारी गरेका छन्।

    छुट अस्थायी करार शिक्षक संघर्ष समितिले केही दिन अघि मन्त्री पौडेललाई भेटेर आफूहरुले पटकपटक स्थायी प्रक्रियामा लान आग्रह गरे पनि सरकारले नसुनेको भन्दै आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न ध्यानाकर्षण गराएको थियो ।

    २०७२ असोज २ गतेसम्म नियुक्त भएका शिक्षक स्थायीको प्रक्रियामा लगेको भए पनि त्यसपछि नियुक्त भएका अस्थायी शिक्षकलाई राज्यले बेवास्ता गरेको आरोप समितिको छ। नयाँ खुला विज्ञापनसँगै उनीहरु बेरोजगार हुनुपर्ने अवस्था आएकाले यसतर्फ सरकारको ध्यान पुर्‍याउन शिक्षक महासंघसहितको पहलकदमीमा समितिले मन्त्रालयको ध्यानाकर्षण गराएको थियो। त्यसैलाई ध्यानमा राखेर मन्त्री पौडेलले कुन बाटो बाटो छुट अस्थायी करार शिक्षकलाई सम्बोधन गर्दा सहज हुन्छ त्यो बाटो पत्ता लगाउन मन्त्रालयका अधिकारीलाई निर्देशन दिएका छन्।

    समितिले २०७२ असोजपछि अस्थायी नियुक्त शिक्षकलाई संघीय शिक्षा ऐनमा एकपटकका लागि उमेरको हदबन्दी नलाग्ने गरी आन्तरिक परीक्षाको व्यवस्था गर्न माग गरेको छ। देशभरका छुट अस्थायी करार शिक्षकले विगतदेखि स्थायीको प्रक्रियामा लान माग गर्दै आन्दोलन गर्दै आएका छन्।

    कोरोना संक्रमण पछि होम आईसोलेशनमा बसेका मन्त्री पौडेलले शिक्षक सेवा आयोगका पदाधिकारी संग समेत परामर्श गरेका छन्। आन्तरिक बढुवाको बिज्ञापन गर्दा त्यसैमा छुट अस्थायी करार शिक्षकलाई कसरी सामेल गराउन सकिन्छ भन्ने बिषयमा मन्त्री पौडेल होम आइसोलेसन बाटै परामर्शमा जुटेका हुन्।

    प्रकाशित मिति :पौष २९ २०७८ बिहिवार - १२:११:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij