Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्‍यायो, शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता!

इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्‍यायो, शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता!


  • 7.4K
    Shares

    • images
    इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्‍यायो, शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता!
    images

    पाल्पाको तानसेन नगरपालिकाले बालविकास सहजकर्तालाई मासिक रु. १५ हजार पारिश्रमिक उपलब्ध गराउन थालेको छ । विद्यालयका सहयोगी, सहायक कर्मचारी, बालविकास सहजकर्ता र सामुदायिक सिकाइ केन्द्रमा कार्यरत परिचालकको न्यूनतम पाश्रिमिक मासिक रु १५ हजार पुर्याएको हो ।

    यसअघि मासिक रु ६ हजार ५०० मा काम गर्दै आएका बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र परिचालकलाई नगरपालिकाले मासिक १५ हजार उपलब्धगराएको नगर प्रमुख अशोककुमार शाहीले बताए । न्यूनतम पारिश्रमिकमा दिनभर ससाना बालबालिकालाई पठनपाठन गराउनुपर्ने बाध्यता रहेको थियो । बालविकास सहजकर्ताको तलब पुनरावलोकन समितिको गत कात्तिक १५ गतेको बैठकको निर्णयअनुसार नगरपालिकाले पारिश्रमिक बढाएको हो ।

    यसका लागि नगरपालिकाले रु. ९४ लाख ५१ हजार थप गर्ने निर्णय गरेको हो । नपुग रकम कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चबाट भुक्तानी गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाभित्र सहयोगी, सहायक कर्मचारी, बालविकास सहजकर्ता र सामुदायिक सिकाइ केन्द्रमा कार्यरत परिचालक ११८ र यसमा बालविकास सहजकर्ता ४६ जना रहेका छन् । आर्थिक वर्ष २०७७÷०७८ मा कर्मचारी तथा बालविकास सहजकर्ताका लागि वार्षिक रु एक करोड १८ लाख बराबर रकम नगरपालिकाले खर्च गरेको थियो ।

    शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता

    नगरपालिकाले स्वेच्छिक अवकाश गर्ने शिक्षकलाई रु एक लाख प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ ।

    शिक्षक दरबन्दी मिलानमा समस्या देखिएपछि नगरपालिकाले प्रावि तहका १० शिक्षकलाई प्रोत्साहन सुविधा प्रदान गर्न थालेको हो । राजीनामा स्वीकृत भएपछि अवकाश गर्ने शिक्षकले रु एक लाख प्रोत्साहन भत्ता पाउने भएको नगरपालिकाले जनाएको छ ।

    प्रकाशित मिति :पौष २९ २०७८ बिहिवार - ११:४३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij