Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग, नहटाए परीक्षा केन्द्रहरूमा अवरोध गर्ने (पत्रसहित)

आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग, नहटाए परीक्षा केन्द्रहरूमा अवरोध गर्ने (पत्रसहित)


  • 9.2K
    Shares

    • images
    आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग, नहटाए परीक्षा केन्द्रहरूमा अवरोध गर्ने (पत्रसहित)
    images

    नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग गरेका छन्।

    समितिका अध्यक्ष खेमराज अधिकारीले आयोगले शिक्षक पदपूर्तिका लागि माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका लागि खुलाएको विज्ञापनमा उमेर हदका कारण डेढ दशकदेखि कार्यरत अस्थायी प्रकृतिका शिक्षकहरू परीक्षामा सहभागी हुनबाट वञ्चित हुने भएकाले उमेर हद हटाउन माग गरेको बताए।

    उनले भने, ‘उमेर हदको विषयलाई परिमार्जन नगरिए आयोगमा तालाबन्दी गर्ने चेतावनि दिएका छौँ। परीक्षा केन्द्रमा अवरोध गर्नुपर्ने अवस्था नआओस्। कार्यरत शिक्षकलाई परीक्षाबाट बञ्चित गराउन मिल्दैन।’

    देशभर राहत कोटामा कार्यरत  शिक्षकहरूले उमेर हदका कारण शिक्षक सेवा आयोगले लिने परीक्षा मार्फत् आफ्नो योग्यता, क्षमता, सीपको मापन गर्न नपाउनु दुखद् भएको उनको भनाइ छ। 

    अहिले देशभर राहत कोटामा अध्यापन गराउने शिक्षकको संख्या ४२ हजार ४ सय २० छ। जसमध्ये २१ हजार ८८९ जना प्राविका शिक्षक छन्। निमाविका ९ हजार ६१२, माविका ६ हजार ९१९ र उच्च माविमा ४ हजार राहत अनुदानका शिक्षक कार्यरत छन् ।

    हेर्नुहोस् यो ध्यानाकर्षण पत्र 

    1641964596-AoMsL.jpg

    प्रकाशित मिति :पौष २८ २०७८ बुधवार - १६:०८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij