२०८२ भाद्र ८ गते आइतवार
त्रिभुवन विश्वविद्यालय अन्तर्गत ब्याचलर्स इन इन्फरमेसन टेक्नोलोजी (बीआईटी) मा भर्ना खुलेको छ । चार वर्षे स्नातक तहको सूचना प्रविधि विषयका लागि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले प्रवेश परीक्षा तथा नयाँ भर्ना सम्बन्धी कार्यक्रम सार्वजनिक गरेको हो ।
इच्छुक विद्यार्थीहरू स्वयम्ले आवेदन फारम अनलाइनबाट भर्नुपर्नेछ । यद्यपि यो वेब पेज आउँदो माघ ३ गते बिहान १० बजेपछि मात्रै लाइभ हुनेछ । त्यसपछि वेबसाइटमार्फत आवेदन सब्मिट गर्न सकिनेछ । भर्ना आवेदन दिने समय माघ ३ गते बिहान १० बजेदेखि माघ २५ गतेसम्म निर्धारण गरिएको छ ।
यद्यपि दोब्बर दस्तुर बुझाउनेले भने माघ २७ गतेदेखि फागुन ४ गते साँझ ५ बजेसम्म आवेदन दिने मौका पाउनेछन् । आवेदनका लागि १५०० रुपैयाँ शुल्क तोकिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij