Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

शेयर बजारमा हरियाली : नेप्से ४९ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार

शेयर बजारमा हरियाली : नेप्से ४९ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार


  • 5.0K
    Shares

    शेयर बजारमा हरियाली : नेप्से ४९ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
    images

    काठमाडौं । आज पनि नेप्से बढेको छ । आज नेप्से ४९.१९ अंकले बढेर २८३४.१३ विन्दुमा पुगेको छ । हिजो नेप्से १९.४३ अंकले बढेर २७८४.९५ विन्दुमा पुगेको थियो । 

    नेप्से बढे पनि कारोबार रकम भने हिजो भन्दा घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कुल २३२ कम्पनीको १ करोड लाख १९ लाख ७० हजार २१५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ७२ करोड ४५ लाख २६  हजा रुपैयाँको कारोबार भएको छ ।

    त्यस्तै नेप्से सेन्सिटिभ परिसूचक ६.३४ अंक, फ्लोड इन्डेक्स ३.६२ अंक र सेन्सिटिभ इन्डेक्स २.२४ अंकले बढेको छ । आज नेप्सेमा सूचीकृत १३ उपसमूहको उत्पादन तथा प्रशोधन उपसमूहबाहेक सबै उपसमूह हरियाली भएको छ । आज सबैभन्दा बढी वित्त उपसमूहको सेयरमूल्य बढेको छ । जसको सेयरमूल्य ६.१५ प्रतिशतले बढेको हो । त्यस्तै उत्पादन तथा प्रशोधन उपसमूहको सेयरमूल्य ०.४३ प्रतिशत घटेको छ ।

    आज ५ कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ । कारोबारमा आएको नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्य भोटेकोशीको शेयरमूल्य यस दिन १० प्रतिशत बढेको हो । आज सिभिल लघुवित्त, न्यादी हाइड्रोपावर र मितेरी डेभलपमेन्ट बैंकको सेयर ९ प्रतिशतभन्दा बढी बढेको छ । 

    त्यस्तै आज सर्वाधिक सेयरमूल्य घट्ने कम्पनीको सूचीको शीर्ष स्थानमा माउन्टेन इनर्जी नेपाल रहेको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ३.५२ प्रतिशत घटेको छ ।

    प्रकाशित मिति :पौष २७ २०७८ मंगलवार - १५:५०:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij