Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

अब शिक्षकले एउटै विद्यालयमा बढीमा ५ वर्ष मात्रै पढाउन पाउने

अब शिक्षकले एउटै विद्यालयमा बढीमा ५ वर्ष मात्रै पढाउन पाउने


  • 68.3K
    Shares

    अब शिक्षकले एउटै विद्यालयमा बढीमा ५ वर्ष मात्रै पढाउन पाउने
    images

    रिक्त शिक्षक दरबन्दीको प्रक्षेपणका आधारमा एक वर्षअघि नै छनोट गरी प्रत्येक शैक्षिक सत्रको पहिलो महिनामा नै नियुक्ति गरिने र प्रकाशित प्रतीक्षा सूचीबाट अर्को वर्षको छनोटसम्म शिक्षक नियुक्त गरिने व्यवस्था लागु हुन लागेको बर्दियाको बारबर्दिया नगरपालिकाले यस्तो व्यवस्था गर्न लागेको हो ।

    नगरपालिकाले शिक्षक बैङ्कको स्थापना गर्ने भएको छ । प्रत्येक वर्षको चैत मसान्तमा विज्ञापन गरी रोस्टर शिक्षक सुनिश्चितका लागि शिक्षक बैङ्क स्थापना गरिने भएको हो। नगरपालिकाले शिक्षा क्षेत्र योजना २०७८–२०८८ सार्वजनिक गरेको छ । योजनामा रिक्त शिक्षक दरबन्दीको प्रक्षेपणका आधारमा एक वर्षअघि नै छनोट गरी प्रत्येक शैक्षिक सत्रको पहिलो महिनामा नै नियुक्ति गरिने र प्रकाशित प्रतीक्षा सूचीबाट अर्को वर्षको छनोटसम्म शिक्षक नियुक्त गरिने उल्लेख छ ।

    शिक्षा नीतिअनुसार नपुग शिक्षक दरबन्दीमध्ये स्थानीय तह र प्रदेश सरकारले आर्थिक भार बेहोर्ने गरी कानुनबमोजिम सिर्जना गरिएका शिक्षक दरबन्दीको न्यायोचित किसिमले वितरण गरी शिक्षकको नियुक्ति तथा पदस्थापन गर्ने योजना पनि समेटिएको छ ।

    शिक्षकको साझा सङ्गठनको रुपमा एउटामात्र संस्थाको व्यवस्था गरी उक्त संस्थालाई शिक्षकको पेशागत सहयोग र विकासका निम्ति क्रियाशील बनाउनका लागि सङ्घ एवं स्थानीय तहसँग सहकार्य गरिने भएको छ ।

    योजनामा उल्लेख गरिएको छ– कुनै विद्यालयमा कुनै शिक्षकको काम सन्तोषजनक भएमा बढीमा पाँच वर्ष काम गर्न पाउने र तत्पश्चात प्रधानाध्यापकको सिफारिसमा सरुवा गर्नसक्ने कानुनी प्रावधान बनाइ सरुवालाई वस्तुनिष्ठ, न्यायोचित र अनुमानयोग्य बनाउनका लागि सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरिनेछ ।

    सुत्केरी बिदामा बस्ने महिला शिक्षकको बिदा अवधिभर पठनपाठन नियमित गर्नका लागि सट्टा शिक्षकको व्यवस्था गर्ने र सेवा निवृत्तका लागि स्वेच्छिक रुपमा अवकास हुन चाहने शिक्षकलाई विशेष प्रोत्साहनको व्यवस्था गर्ने रणनीतिलाई योजनामा समेटिएको छ । शिक्षण पेसामा नयाँ शिक्षक प्रवेश गराउन अनिवार्य अवकाश हुनु अगावै स्वेच्छिक अवकासको व्यवस्था अगाडि सारिएको हो ।

    योजनाको कार्यान्वयनपछि प्राप्त हुने नतिजाका बारेमा उल्लेख गरिएको छ– शिक्षकहरु राजनीतिक आस्थाका हिसाबले हुने गुट उपगुट र झुन्डलाई छोडेर विद्यार्थीको सिकाइ उपलब्धिमा समर्पित हुनुका साथै आफू स्वयंको पेसागत विकासका लागि एउटै साझा संस्थामा आबद्ध हुने भएका कारण शिक्षकहरुमा पेसाप्रतिको समर्पण र विद्यार्थीप्रतिको सेवाभाव उच्च भएको हुनेछ ।

    शिक्षक होइन, अनुदान देऊ हामीले चाहेको गुणस्तर दिन सक्छौँ भन्ने स्थानीय तहका केही विद्यालयहरुलाई शिक्षकको सट्टा अनुदान उपलब्ध गराइ नमुनाका रुपमा सञ्चालन गर्न अभिप्रेरित गरिने भएको छ ।

    शिक्षा क्षेत्र योजनामा नगरपालिकाले आगामी १० वर्षमा कुल भर्ना दर, चार वर्षका बालबालिकाको भर्ना अनुपात, न्यूनतम योग्यता पुगेका शिक्षक, आधारभूत तालिम प्राप्त शिक्षक, कक्षा १ का नवप्रवेशीमध्ये प्रारम्भिक बालविकास तथा शिक्षाको अनुभव प्राप्त बालबालिकाको दर शतप्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।

    त्यस्तै कक्षा १ मा कुल प्रवेशदर, कक्षा १ मा खुद प्रवेशदर, माध्यमिक तहमा कुल भर्ना दर पनि शतप्रतिशत पुर्याउने लक्ष्य लिइएको छ । पाँच वर्षमाथिको साक्षरता दर ९५ प्रतिशत र १५–६० वर्षको साक्षरता दर ९९ प्रतिशत पु¥याउने लक्ष्य बारबर्दिया नगरपालिकाले लिएको छ ।

    योजनामा बजेटसम्बन्धी महत्वाकाँक्षी योजना अगाडि सारिएको छ । हाल शिक्षामा ३६ करोड रुपियाँ खर्च गर्दै आएको नगरपालिकाले आगामी पाँच वर्षमा पौने ५९ करोड रुपियाँ पु¥याउने योजना लिएको छ । यस नगरपालिकाले कुल बजेटको ३३ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्दै आएको छ ।

    आगामी पाँच वर्षमा कुल बजेटको ५० प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपियाँ बालविकास सहितका शिक्षक र विद्यालयका कर्मचारीको तलब भत्ताका लागि खर्च गर्ने अनुमान गरेको छ । योजना दस्तावेज सार्वजनिक गर्दै नगर प्रमुख दुर्गाबहादुर थारु (कबिर)ले शिक्षाको आधार तहमा लगानी गर्न सकिएमात्र उच्च शिक्षामा अब्बल नतिजा हासिल हुनसक्ने बताउँदै भने, “आधार राम्रो भए माथि राम्रो हुनसक्छ । त्यसैले प्रारम्भिक बालविकासमा हामीहरुको प्राथमिकता बढी भएको हो ।”

    सामुदायिक विद्यालय नभएको सेवा क्षेत्रमा स्थापना भएर निःशुल्क माध्यमिक शिक्षा प्रदान गर्न योगदान गर्ने संस्थागत विद्यालयलाई विद्यार्थी सङ्ख्याका आधारमा अनुदान दिने पद्धतिको विकास गरिने कुरा पनि १० वर्षीय योजनामा समेटिएको छ ।

     

    प्रकाशित मिति :पौष २६ २०७८ सोमवार - १६:२५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij