Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

भोलिबाट विद्यालय बन्द गर्ने भन्दै शिक्षा मन्त्रालयले जारी गर्यो यस्तो सूचना, विश्वविद्यालयका परीक्षा भने रोकिंदैन

भोलिबाट विद्यालय बन्द गर्ने भन्दै शिक्षा मन्त्रालयले जारी गर्यो यस्तो सूचना, विश्वविद्यालयका परीक्षा भने रोकिंदैन


  • 40.2K
    Shares

    भोलिबाट विद्यालय बन्द गर्ने भन्दै शिक्षा मन्त्रालयले जारी गर्यो यस्तो सूचना, विश्वविद्यालयका परीक्षा भने रोकिंदैन
    images

    काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सिसिएमसीको निर्णय कार्यान्वयन गद्र्रै मन्त्रालयले भोलिबाट माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

    मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले बताए ।

    मन्त्रालयका सहसचिव एवं प्रवक्ता शर्माका अनुसार वार्षिक विदामा मिलान गर्नेगरी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको हो । देशभरका विद्यालय बन्द हुने भए पनि विश्वविद्यालयका परीक्षा भने नरोकिने प्रवक्ता शर्माले बताए ।

    आफूहरुले अरु थप निर्णय गरिरहनु नपर्ने र सीसीएमसीको निर्णय कार्यान्वयनका लागि पठाउने निर्णय भएको प्रवक्ता शर्माले बताए ।

    शिक्षा सचिवको नेतृत्वमा सोमबार बिहान बसेको बैठकले विद्यालय बन्दको मोडालिटीबारे छलफल गरेको थियो । आइतवार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

    मन्त्रालयले विदाको समयमा १२ देखि १७ वर्ष उमेरसमूहका विद्यार्थीहरुलाई सबै स्थानीय तहमा रहेका स्वास्थ्य चौकीमा गएर खोप लगाउन पनि आग्रह गरेको छ ।

    11111].jpg

    प्रकाशित मिति :पौष २६ २०७८ सोमवार - १४:५५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij