Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

शिक्षकहरु तलबविहीन हुन बाध्य, ३२ विद्यालयका शिक्षकले पाएनन् तलब

शिक्षकहरु तलबविहीन हुन बाध्य, ३२ विद्यालयका शिक्षकले पाएनन् तलब


  • 5.0K
    Shares

    शिक्षकहरु तलबविहीन हुन बाध्य, ३२ विद्यालयका शिक्षकले पाएनन् तलब
    images

    हुम्लामा विद्यालयका शिक्षकहरु तलब पाउनबाट बञ्चित भएका छन्। जिल्लाका गाउँपालिकाले रकम निकासा नगर्दा विद्यालय शिक्षकहरुले तलब नपाएका हुन्।

    गाउँपालिकाले अघिल्लो आर्थिक वर्ष जथाभावी खर्च गरेको भन्दै कोष तथा लेखा नियन्त्रण कार्यालयले निकासा रोक्दा शिक्षकहरु तलबविहीन हुन बाध्य भएका छन्। गाउँपालिकाले जथाभावी गरेको बजेटको शोधभर्ना नगरेको भन्दै कोलेनिकाले बजेट निकासा रोकेको हो।

    सर्केगार्ड गाउँपालिका–५ गोठीस्थित भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक रोलबहादुर शाहीले गाउँपालिकाका ३२ विद्यालयका शिक्षक, बालविकासका सहजकर्ता र कर्मचारीले मङ्सिरदेखि तलबभत्ता नपाएको जानकारी दिए।

    उनले सबै विद्यालयमा हिउँदे बिदा सुरु भएर बन्द रहे पनि गाउँपालिकाले तलबभत्ता हालसम्म विद्यालयको खातामा निकासा नगरेको गुनासो गरे। विगतमा फागुन १ गतेसम्म हिउँदे बिदा हुने भएकाले फागुनसम्मैको लागि मङ्सिरमै शिक्षक कर्मचारीको तलब सम्बन्धित गाउँपालिकाले निकासा गर्ने गर्थे।

    हिउँदे बिदा भएको एक हप्ताभन्दा बढी समय बिते पनि शिक्षकको तलबभत्ता खुवाउनेतर्फ गाउँपालिकाले कुनै चासो नदिएको उनले बताए।

    सर्केगार्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकेशर आचार्यले शिक्षक कर्मचारीको तलबभत्ता विद्यालयलाई निकासा दिन नसकिएको स्वीकार गरे। उनले अघिल्लो आर्थिक वर्ष गाउँपालिकाले फरक शीर्षकको बजेट जथाभावी खर्च गर्दाको परिणति अहिले भोग्नुपरेको सुनाए।

    अघिल्लो वर्ष बेशीर्षकमा खर्च भएको ३८ लाख रुपैयाँ दाखिला नगरेसम्म कोष तथा लेखा नियन्त्रण कार्यालयले सशर्ततर्फको बजेट निकासा नदिने बताएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए। गाउँपालिकामा निकासा आएको समानीकरण शीर्षकको बजेटबाट शोधभर्ना गरेर शिक्षकहरुको तलबभत्ता निकासाको बाटो खोल्ने तयारीमा गाउँपालिका रहेको उनले बताए।

     

    प्रकाशित मिति :पौष २५ २०७८ आइतवार - १४:४७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij