Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

त्रिविको एमबीए आईटीमा भर्ना खुल्यो, अनलाइनबाट आवेदन दिन सकिने

त्रिविको एमबीए आईटीमा भर्ना खुल्यो, अनलाइनबाट आवेदन दिन सकिने


  • 5.3K
    Shares

    त्रिविको एमबीए आईटीमा भर्ना खुल्यो, अनलाइनबाट आवेदन दिन सकिने
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एमबीए आईटी (मास्टर अफ बिजनेश एनमिनिस्ट्रेसन ईन इन्फर्मेसन टेक्नोलोजी) का लागि भर्ना प्रक्रिया सुरू गरेको छ ।

    त्रिवि स्कुल अफ म्यानेजमेन्टले आइतबार एक सूचना जारी गर्दै सन् २०२२ को स्प्रिङ सिजनका लागि एमबीए आईटीको भर्ना प्रक्रिया सुरु गरेको हो ।

    सूचना प्रविधिको व्यवस्थापनका लागि व्यवसायिक सीप सिकाउने यो शैक्षिक कार्यक्रमप्रति पछिल्लो समय विद्यार्थीको आकर्षण बढेको छ ।

    ब्याचलर्स डिग्रीमा बीआईएम, बीसीए, बीएससी सीएसआईटी, बीसीआईएस, बीआईटी वा बीई कम्प्युटर पढी न्यूनतम सीजीपीए २.० वा ४५ प्रतिशत अंक ल्याएका विद्यार्थीले एमबीए आईटीका लागि आवेदन दिन सक्नेछन् ।

    यो वेबसाइटमा गई इच्छुक विद्यार्थीले १० फेब्रुअरी (माघ २७) सम्म आवेदन दिन सकिने जनाइएकाे छ ।

    प्रकाशित मिति :पौष २५ २०७८ आइतवार - १३:१६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij