Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको हुन्छ: शिक्षामन्त्री पौडेल

शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको हुन्छ: शिक्षामन्त्री पौडेल


  • 4.1K
    Shares

    शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको हुन्छ: शिक्षामन्त्री पौडेल
    images

    शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकसँग विद्यार्थीको भविष्य जोडिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रीपौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताएका हुन् ।

    बाल्यावस्थामा बालबालिको सर्वाङ्गीण विकास हुने चरण भएकाले उनीहरुको भविष्य कस्तो हुने भन्नेमा शिक्षकहरुको पनि जिम्मेवारी हुने उनको भनाइ छ ।

    ‘बाल्यावस्थामा अनुसासन, शिक्षा, र संस्कार सिकाउने कुरा हुन्छ’, उनले भने, ‘आमापछिको पाठशाला भनेको विद्यालय नै हो ।’
    बच्चाको भावना बुझ्ने कुरामा पुरुषभन्दा महिलाहरु नै अघि भएको बताउँदै पेशामा लाग्नेहरुलाई संस्थाले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

    ‘तपाईहरुका अफ्ठ्याराहरु छन् मैले बुझ्छु’ उनले भने, ‘ तोकिएको तलब तथा अन्यसमस्याहरु मन्त्रालयले समाधान गर्छ ।’

    मन्त्रीपौडेलले बालविकासका शिक्षकहरुलाई सरकारले तोकेको तलब उपलब्ध गराउन आफूले स्थानीय तहहरुसँग समन्वय गरिरहेको बताए । कार्यक्रममा देशका उत्कृष्ट प्रि–स्कुललाई अवार्ड प्रदानगरिएको थियो ।

    प्रकाशित मिति :पौष २५ २०७८ आइतवार - १३:०४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij