२०८२ भाद्र ८ गते आइतवार
सरकारले यस वर्षको एसईई परक्षिा आगामी वैशाखमा गर्ने गरी तयारी थालेको छ । कोरोना महामारीका कारण असारमा मात्र पठनपाठन सुरु भएकाले करिब एक महिना ढिलो गरी एसईईको परीक्षा सञ्चालन गर्ने तयारी थालेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले ढिलो गरी पठनपाठन सुरु भएकाले चैत्रसम्म नै पठनपाठन सञ्चालन गरेर बैशाखमा परीक्षा सचालन गर्ने बारे छलफल अगाडि बढेको बताए । उनले वैशाखमै परीक्षा सञ्चालन गर्ने निर्णय नभएपनि कोभिड -१९ को अवस्था सामान्य रहे चैत्रभित्र पठनपाठन सकेर वैशाखमा परीक्षा सञ्चालन गर्ने गरी तयारी भइरहेको बताए ।
त्यस्तै मन्त्रालयले विद्यालय तहको परीक्षा वैशाखमा गर्ने जनाएको छ । चैत्रभरी पठनपाठन गरेर वैशाखमा परीक्षा लिने निर्णय भएको प्रवक्ता दीपक शर्माले बताए । विगतका वर्षहरुमा फागुनसम्म पठनपाठन गरेर चैत्रमा परीक्षा लिई वैशाखबाट नयाँ शैक्षिक सत्र सूरु गर्ने गरिन्थ्यो । तर यो वर्ष वैशाखमा परीक्षा लिएर नतिजा प्रकाशन गरेपछिमात्र नयाँ शैक्षिक सत्र सूरु हुने बताए । सकेसम्म नयाँ शैक्षिक सत्र २०७९ को पठनपाठन वैशाखमै सुरु गर्ने मन्त्रालयको योजना छ ।
कोरोना महामारीका कारण दुई वर्षयता देशभरका विद्यालयले विद्यार्थीको मूल्यांकन गरी प्राप्तांक पठाएपछि त्यसैअनुसार परीक्षा बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशित गर्दे आएको छ । एसईईको नियमित परीक्षा चैतमा हुनुपर्नेमा कोरोना महामारीका कारण एक महिना पछि धकेलिएको छ । यो वर्ष कोरोना महामारीको अवस्था सामान्य हुँदै गए केन्द्रबाटै एसईई परीक्षा लिने तयारीमा बोर्ड लागेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले सरकारले परीक्षा वैशाखमा लिने भन्दै आइरहेको र त्यसबारे आन्तरिक गृहकार्य भइरहेको जनाए । उनले परीक्षा वैशाखामा सञ्चालन गरीएपनि कुन मोडालिटीमा परीक्षा लिने भन्ने बारेमा कुनै निर्णय नभएको र छिटै निर्णय गरेर सार्वजनिक गरीने बताए । उनले भने “अहिले कक्षा १० को परीक्षा प्रदेशले लिने व्यावस्था गरेको छ । यसमा स्थानिय तह, प्रदेश र केन्द्रको जिम्मेवारी के हुने छलफल गरेरमात्र निर्णय सार्वजनिक गर्छौ ।”
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij