Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

विभागीय प्रमुखलाई १४–१४ दिनमा कार्यसम्पादनको रिर्पोट बुझाउन मन्त्री पौडेलले दिए यस्तो निर्देशन

विभागीय प्रमुखलाई १४–१४ दिनमा कार्यसम्पादनको रिर्पोट बुझाउन मन्त्री पौडेलले दिए यस्तो निर्देशन


  • 6.1K
    Shares

    विभागीय प्रमुखलाई १४–१४ दिनमा कार्यसम्पादनको रिर्पोट  बुझाउन मन्त्री पौडेलले दिए यस्तो निर्देशन
    images

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय अर्न्गतका विभागीय प्रमुखलाई १४-१४ दिनभित्रको कार्यसम्पादनको रिर्पोट बुझाउन निर्देशन दिनुभएको छ । शुक्रबार विभागीय प्रमुखलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले १४– १४ दिनको कार्यसम्पादनको रिर्पोट बुझाउन निर्देशन दिनुभएको हो ।

    ‘एक हप्तामा गर्न सक्ने काम के के हुन् टिर्पोट गर्नुहोस्’ मन्त्री पौडेलले भन्नुभयो, ‘अर्को हप्ता काम गरी नतिजा नस्किने गरी काम हुनपर्‍यो होइन भने कारण चाहियो ।’

    मन्त्री पौडेलले ४० औं वर्षदेखि अड्किएका फाइलहरुको विषयमा अध्ययन गरी टुंग्याउन सक्ने काम तत्काल गर्न निर्देशन समेत दिनुभयो । ‘फाइलहरु अड्काएर हुँदैन, मन्त्रीहरु फेरिरहने हुन्छ, सेवा ग्राहीको पनि आशा हुन्छ,’ उहाँले भन्नुभयो ‘हप्ता दिन अध्ययन गरेर हुने नहुने निर्णय दिनुहोस् ।’

    शिक्षा मन्त्रालयबाट गरिब, जेहेन्दार तथा असाहय विद्यार्थीलाई दिने छात्रवृत्ति नरोक्न विभागीय प्रमुखलाई निर्देशन दिनुभयो ।

    ‘कुनै पनि छात्रवृत्तिको पैसा फिर्ता हुन भएन,’ मन्त्री पौडेलले भन्नुभयो, ‘छात्रवृत्ति समयमा विद्यार्थीस्तरमा पुग्नुपर्‍यो फिर्ता हुँदा सन्देश राम्रो जाँदैन ।’

    मन्त्रालयले बनाएको लक्ष्य पुरा गर्न कर्मचारीमा संकल्फ, इच्छा शक्ति र सत्रियाता हुनपर्नेमा जोड दिँदै उहाँले देश बनाउने जनशक्ति उत्पादन गर्ने थलो शिक्षा मन्त्रालय भएको बताउनुभयो । ‘कमाण्ड कन्ट्रोल हुनुपर्छ, त्यसो भएन भने भद्रागोल हुन्छ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘समस्या छन् भने सचिवमार्फत ल्याउनुहोस् ।’

    यस्तै शिक्षा, राज्यमन्त्री बोधमाया यादवले विद्यालयमा समयमा नै पाठ्यपुस्तक पुर्‍याउन अहिलेदेखि नै लाग्नुपर्ने बताउनुभयो ।

    प्रकाशित मिति :पौष २३ २०७८ शुक्रवार - १६:५२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij