२०८२ भाद्र ८ गते आइतवार
स्थानीयतहहरुलाई बालमैत्री बनाउन, स्थानीय सरकारको योजना प्रक्रियामा अर्थपुर्ण बालसहभागिता लागू गराउन पहल गर्ने, बालबालिकाको पोषण, बालसंवेदनशिल सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न पैरवी गर्ने लगायतका सवालहरुमा सवै सञ्जालहरु एक भएर जाने सहमति भएको छ।
बालबालिकाको क्षेत्रमा विधागतरुपमा हाल २० वटा सञ्जाल क्रियाशिल छन्। यि सञ्जालहरु मध्ये १७ वटा सञ्जालहरु एकसाथ जान सहमत भएका हुन। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान, बालसहभागिताका कार्यरत संस्थाहरुको समूह, बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, बालसंरक्षण सञ्जाल लगायत सञ्जालहरुले सो प्रतिवद्दतापत्रमा हस्ताक्षर गरेका हुन। बालअधिकार अभियान्ता गौरी प्रधानको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो।
‘नेपालमा चलेका नागरिक आन्दोलन, अभियानहरुको कान्छो र परिपक्क एवं सुव्यवस्थित आन्दोलनको रुपमा बालअधिकार अभियान अगाडि बढिरहेको छ। अधिकारकर्मी गौरी प्रधानले भने, नेतृत्वकर्ताहरुले विधागतरुपमा सवलीकरण गर्दै पुस्तान्तरण गर्न जोश, जाँगर र पहलकदमी चालेको कारण आज बालअधिकार आन्दोलनको विषेश पहिचान छ र यसरी एक भएर जान सम्भव देखिन्छ।’ यसलाई कार्यान्वयन गर्न राजनीतिक दल, सरकार र सबै स्थानीय तहहरुमा पैरवी गर्न ढिला गर्न नहुने प्रधानले बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij