Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

के हो बालअधिकार? बालअधिकारका लागि संस्थाको २० बुँदे प्रतिबद्धता

के हो बालअधिकार? बालअधिकारका लागि संस्थाको २० बुँदे प्रतिबद्धता


  • 9.8K
    Shares

    के हो बालअधिकार? बालअधिकारका लागि संस्थाको २० बुँदे प्रतिबद्धता
    images

    काठमाडौं । बालअधिकारका क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाको सञ्जालले बालबालिकाको स्वास्थ्य, शिक्षा, संरक्षण, विकास र सहभागिताका लागि २० बुँदे साझा प्रतिबद्धता जारी गरेका छन् ।

    ती संस्थाका प्रतिनिधिको आज बालअधिकार अभियानकर्मी गौरी प्रधानको प्रमुख आतिथ्यतामा ललितपुरमा आयोजित भेलामा नेपालको संविधानको धारा ३९ मा भएको बालबालिकासम्बन्धी हकको व्यावहारिक कार्यान्वयन, बालबालिकासम्बन्धी ऐन, २०७५ को संशोधन, विभिन्न ऐनमा देखिएको समस्या संशोधन, आसन्न निर्वाचनमा बालबालिका र विद्यालयको दलगत प्रयोग रोक्न पहल गर्ने प्रतिबद्धता जनाइएको हो ।

    दलको घोषणापत्रमा बालबालिकाका सवाल समेट्न पहल गर्न साझा धारणा बनाई बहस, पैरवी गर्ने गरी सबै सञ्जाल एकठाउँमा हुने वातावरण निर्माण भएको राजनीतिक दलसँग गरिने माग, विद्यमान ऐन, नियमावली, नीति, निर्देशिका र कार्ययोजनामा भएका राम्रा पक्षलाई कार्यान्वयन गर्न पहल गरी सम्बोधन हुन बाँकी रहेका सवाललाई सञ्जालका तर्फबाट साझा धारणा बनाई अगाडि बढ्ने सहमति ती प्रतिनिधिको छ । तिनै तहका सरकारले सडक बालबालिका, दुव्र्यवहार, हिंसामा परेका बालबालिकाको उद्धार, संरक्षण र पारिवारिक पुनःस्थापनाका लागि बनाउने एकीकृत कार्ययोजना, बालकोषलगायतका सवालमा पनि समान धारणा बनाउने र आवश्यक सहयोग, सहकार्य गरिने उल्लेख छ ।

    स्थानीयतहलाई बालमैत्री बनाउन, स्थानीय सरकारको योजना प्रक्रियामा अर्थपूर्ण बाल सहभागिता लागू गराउन पहल गर्ने, बालबालिकाको पोषण, बालसंवेदनशील सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न पैरवी गर्नेलगायतका सवालमा सबै सञ्जाल एक भएर जाने सहमति भएको छ ।

    बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप), बाल सहभागिताका कार्यरत संस्थाको समूह, बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, बालसंरक्षण सञ्जाललगायत सञ्जालले सो प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेको सिजपका अध्यक्ष राजेश शर्माले जानकारी दिए ।

    बालअधिकार भनेको के हो ?
     
    बाल अधिकार भनेको बालबालिकाको बालबालिकाको बाच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरुमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरुको समिश्रण हो ।

    प्रकाशित मिति :पौष २३ २०७८ शुक्रवार - १४:२०:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij