Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

विद्यार्थीहरुमा कोरोना सङ्क्रमण देखिएपछि आजदेखि विद्यालय बन्द

विद्यार्थीहरुमा कोरोना सङ्क्रमण देखिएपछि आजदेखि विद्यालय बन्द


  • 3.2K
    Shares

    विद्यार्थीहरुमा कोरोना सङ्क्रमण देखिएपछि आजदेखि विद्यालय बन्द
    images

    काठमाडौं । विद्यार्थीमा सङ्क्रमण देखिएपछि बैतडीको एक विद्यालय दोस्रोपटक बन्द गरिएको छ ।

    जिल्लाको पाटन नगरपालिका– ४ स्थित भूमेश्वर मावि ठाँडमा कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि विद्यालयलाई यसअघि मङ्सिर १९ गतेदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको थियो ।

    यस्तै मङ्गलबार थप एक छात्रामा कोरोना देखिएपछि थप तीन दिन मङ्सिर २४ गतेसम्मका लागि विद्यालय बन्द गरिएको विद्यालयका शिक्षिका सुशीला भण्डारीले जानकारी दिनुभयो ।

    सङ्क्रमित विद्यार्थीको सम्पर्कमा रहेका विद्यार्थी र शिक्षकको कन्ट्र्याक्ट ट्रेसिङ गरी कोरोना परीक्षण गर्नुपर्ने भएकाले थप तीन दिन विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ ।

    प्रकाशित मिति :पौष २३ २०७८ शुक्रवार - १४:११:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij