Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

प्राथमिक तहको विज्ञापनमा आयोगले किन यो ठाउँमा दरबन्दी नै खुलाएन ?

प्राथमिक तहको विज्ञापनमा आयोगले किन यो ठाउँमा दरबन्दी नै खुलाएन ?


  • 14.2K
    Shares

    प्राथमिक तहको विज्ञापनमा आयोगले किन यो ठाउँमा दरबन्दी नै खुलाएन ?
    images

    शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदपूर्तिका लागि खुलाएको प्राथमिक तहको विज्ञापनमा उपत्यकामा भने दरबन्दी नै खुलाएको छैन।

    केन्द्रले आयोगलाई पठाएको तथ्यांकमा काठमाडौं उपत्यकामा प्रावि शिक्षकको खुद पुल दरबन्दी रिक्त नभएकाले उपत्यकामा विज्ञापन नखुलाइएको हो।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक वसन्तप्रसाद कोइरालाले काठमाडौं, ललितपुर र भक्तपुरमा प्रावि दरबन्दी रिक्त नभएकाले विज्ञापनका लागि विवरण नपठाइएको जानकारी दिए।

    उनले बढी भएको दरबन्दीलाई बागमती प्रदेशका अन्य स्थानमा थप गरिएकाले बताए। यस्तै उपत्यकामा प्रावि तहका शिक्षक जिल्लान्तर सरुवा भएर पनि आउन नपाउने भएका छन्।

    कोइरालाले भने, ‘प्राविमा उपत्यकामा हाल कायम रहेको दरबन्दी बढी छ। रिक्त दरबन्दी नै छैन। जिल्लान्तर सरुवा भएर पनि यहाँ आउने अवस्था छैन। बढी भएको दरबन्दीलाई अन्यत्र सारेका छौं।’ प्रावि तहको विज्ञापनमा बागमती प्रदेशभित्र १० जिल्लाका लागि मात्र विज्ञापन आह्वान गरिएको छ।

    download-1536x515.jpg

    प्रकाशित मिति :पौष २२ २०७८ बिहिवार - १६:४२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij