Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

केएमसी पुगे शिक्षामन्त्री, शुल्कबारे भोलिसम्म रिपोर्ट पेस गर्न निर्देशन, बढी शुल्क लिनेमाथि कारबाही हुन्छ

केएमसी पुगे शिक्षामन्त्री, शुल्कबारे भोलिसम्म रिपोर्ट पेस गर्न निर्देशन, बढी शुल्क लिनेमाथि कारबाही हुन्छ


  • 4.2K
    Shares

    केएमसी पुगे शिक्षामन्त्री, शुल्कबारे भोलिसम्म रिपोर्ट पेस गर्न निर्देशन, बढी शुल्क लिनेमाथि कारबाही हुन्छ
    images

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल भक्तपुरस्थित काठमाडौं मेडिकल कलेज(केएमसी) को अनुगमनका लागि पुगेका छन्। 

    बिहीबार बिहान मन्त्री पौडेल भक्तपुर दुवाकोटस्थित केएमसी कलेजको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित पुगेका थिए। 

    त्यसक्रममा शिक्षामन्त्रीले केएमसीको शुल्क विवादबारे जानकारी लिएका थिए। मन्त्री पौडेलले कलेजका प्रधानाध्यापक रविन्द्र श्रेष्ठलाई भेटी अतिरिक्त शुल्कका बारेमा सोधपुछ गरेका थिए। 

    प्रधानाध्यापक श्रेष्ठले आफूहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क नलिएको मन्त्रीसमक्ष दाबी गरे। 

    'विद्यार्थीको कम्प्लेन चाँही चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी भयो भन्ने गुनासो सार्वजनिक रुपमा र मन्त्रालयमा पनि आएको छ। तोकिएको भन्दा बढी लिएको भन्ने आएकोले त्यसो भएको हो कि होइन? तोकिएको भन्दा बढी नलिने प्रस्ट रुपमा ऐनमा व्यवस्था छ' मन्त्री पौडेलले श्रेष्ठसँग भने।

    त्यसक्रममा श्रेष्ठले आफूहरुले बढी पैसा नलिएको र चिकित्सा शिक्षा आयोगका कारण समस्या आएको दाबी गरे। 
    'आयोगबाटै समस्या छ। ट्युसन फी भित्रै परीक्षा शुल्क पर्छ भनेर पत्र आयोगले लेखेपछि समस्या भएको हो' उनले भने। 

    तोकिएको शीर्षक भन्दा बढी शुल्क लिएको पाइए कानुन बमोजिम कारबाही गर्ने अधिकार गृहमन्त्रालयलाई रहेकोले वार्ताबाट समस्या समाधान गर्न मन्त्रीले सुझाव दिए।

     

    प्रकाशित मिति :पौष २२ २०७८ बिहिवार - १२:३१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij