Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

विद्यार्थीहरुलाई आयो यस्तो खुसीको खबर, परीक्षामा २० अङ्क सित्तैमा दिइने !

विद्यार्थीहरुलाई आयो यस्तो खुसीको खबर, परीक्षामा २० अङ्क सित्तैमा दिइने !


  • 17.1K
    Shares

    विद्यार्थीहरुलाई आयो यस्तो खुसीको खबर, परीक्षामा २० अङ्क सित्तैमा दिइने !
    images

    टेलिस्कोप बिग्रिएपछि वाल्मीकि विद्यापीठ (वाल्मीकि क्याम्पस)का विद्यार्थीलाई प्रयोगात्मक परीक्षा नलिइकनै अङ्क प्रदान गर्ने गरिएको छ । स्नातक र स्नातकोत्तर तहमा खगोल ज्योतिष विषयका विद्यार्थीले वेधशालामा रहेको टेलिस्कोप प्रयोग गर्न पाउँदैनन् तर वार्षिक परीक्षामा २० अङ्क सित्तैमा पाउने गरेका छन् ।

    विद्यापीठका खगोल ज्योतिष विषयका डा. सहप्राध्यापक जयन्त आचार्यले विद्यार्थीलाई टेलिस्कोपको प्रयोग गर्न लगाई प्रयोगात्मक परीक्षा लिनुपर्नेमा कहिल्यै पनि त्यस्तो अवसर प्राप्त हुन नसकेको गुनासो गर्दै भन्नुभयो, “टेलिस्कोपबाट ग्रहको अध्ययन हेर्नुपर्ने हुन्छ तर विद्यार्थीले थन्क्याइएको टेलिस्कोप टाढाबाटै हेरे पुग्छ, परीक्षामा अङ्क पाउँछन् ।

    यो हाम्रै कमजोरी हो ।” नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठको माथिल्लो तलामा २०४३ सालमा वेधशाला निर्माण गरिएको थियो । करिब एक सय केजीको टेलिस्कोप जापानबाट झिकाइएको थियो । विद्यापीठको एउटा कोठामा थन्क्याइएको सो टेलिस्कोप नेपालमा हालसम्म भित्रिएकामध्ये सबैभन्दा ठूलो दाबी गरिँदै आएको छ ।

    उहाँका अनुसार टेलिस्कोप राखिएको स्थान जीर्ण हुँदै गएपछि दुर्घटना सिर्जना हुन सक्ने भन्दै टेलिस्कोपलाई तलको कोठामा सारिएको छ । त्यसमा धुलो पर्ने भएकाले कपडाले छोपेर राख्ने गरिएको छ । कपडाको खोल आफूले नै बनाउन लगाएको बताउँदै उहाँले भन्नुभयो, “विद्यार्थीलाई टाढैबाट यसले यस्तो काम गर्छ भनेर मात्र सिकाउँछौँ ।”

    खगोल ज्योतिष विषयमा ग्रहको अध्ययन गरी हिसाब सिकाउन टेलिस्कोपको प्रयोग अनिवार्य पर्छ । विगतमा सो टेलिस्कोप राख्ने गरिएको वेधशालामा फलामको डोम रहेको छ । नजिकैको घिर्नीले सो डोमलाई खोलेपछि आकाश देखा पर्छ ।

    लामो समयदेखि डोम नखोलिएकाले ‘जाम’ भइसकेको छ । “अब डोम पनि बन्द हुँदैन । पानी परेका बेला वेधशाला जलमग्न हुन्छ । त्यहाँको पानी तल कोठासम्म आइपुग्छ,” विद्यापीठका सहप्राध्यापक डा। आचार्यले भन्नुभयो । उहाँले दुई दशकभन्दा बढी समयदेखि टेलिस्कोप थन्किएको बताउँदै बजेटका लागि माग गर्दा कसैले पनि वास्ता नगरेको गुनासो गर्नुभयो ।

    प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठका प्राचार्य प्राडा भागवत ढकालले आफू २०५६ सालमा सेवा प्रवेश गरेको बताउँदै भन्नुभयो, “मैले जागिर खाएदेखि टेलिस्कोप चलेको देखेको छैन ।

    वेधशाला मर्मतका लागि विगतमा पनि विश्वविद्यालयबाट बजेट दिइएको थिएन, यस पटक पनि छैन । आर्थिक अभाव भएकाले वेधशाला मर्मतका लागि दाता खोजी गरिरहेका छौँ । फेला पार्न सकेका छैनौँ ।” गोरखापत्र दैनिकमा खबर छ ।

    प्रकाशित मिति :पौष २१ २०७८ बुधवार - १४:३९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij