२०८२ भाद्र ८ गते आइतवार
खोटाङका १० पालिकामध्ये जन्तेढुंगा, केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (लेखापाल र परिचर) को सेवासुविधा शतप्रतिशत कार्यान्वयन गरेका छन् ।
विद्यालय कर्मचारी र इसीडी शिक्षकको पारिश्रमिक निकासा सम्बन्धि आर्थिक वर्ष २०७८/७९ को बुँदा नं.२१६ मा व्यवस्था भएअनुसार सात हजार रूपैयाँ स्थानीय तहले निकासा दिनुपर्ने स्पष्ट व्यवस्था छ ।
यी तीन पालिकाले सोअनुसार सेवासुविधा दिएका हुन् । यस्तै, बराहपोखरी गाउँपालिकाले पनि कर्मचारी बाहेक इसीडी शिक्षकलाई निर्धारित पारिश्रमिक निकासा दिन थालेको छ ।
साकेला र रावाबेँसी गाउँपालिकाले पनि दोश्रो त्रैमासिकदेखि माग फारम पेश गर्न निर्देशन दिएको र सोही अनुरुप सम्बन्धित शाखामा माग फाराम पेश भइसकेको जनाइएको छ ।
तर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, खोटेहाङ गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकाले भने इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई हालसम्म तदनुरुपको पारिश्रमिक दिन सुरु गरेका छैनन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij