Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

चिसो बढेपछि स्थानीयतहले गरे विद्यालयमा पठनपाठन बन्द

चिसो बढेपछि स्थानीयतहले गरे विद्यालयमा पठनपाठन बन्द


  • 5.4K
    Shares

    चिसो बढेपछि स्थानीयतहले गरे  विद्यालयमा पठनपाठन बन्द
    images

    देशैरभर बढिरहेको चिसोको प्रभाव तराईमा एक सातायता उच्च देखिएको छ । योसँगै तीन स्थानीय तहले विद्यालयमा पठनपाठन बन्द गरेका छन् ।

    पछिल्लो पटक पर्सा जिल्लाको ठोरी र धोविनि गाउँपालिकाले निजी तथा समुदायिक विद्यालयमा पुस २४ गतेसम्मका लागि पठनपाठन बन्द गराएका छन् । यसअघि जिराभवानीले पठनपाठन बन्द गराइसकेको थियो ।

    शीतलहरले गर्दा स्वास्थ्यमा प्रतिकूल समस्या नपरोस् भन्दै गाउँपालिकाहरूले पनि पालिकाका सम्पूर्ण संस्थागत र निजी विद्यालयमा पठनपाठन बन्द गराएका हुन् । विगत एक दिनदेखि चिसो र शीतलहरले पर्साको जनजीवन प्रभावित भएको छ ।

    यस्तै, उच्च हिमाली जिल्ला हुम्लामा चिसो अत्यधिक बढ्दै गएपछि सामुदायिक तथा निजी विद्यालयले पठनपाठन बन्द गरेका छन् । सात स्थानीय तह रहेको हुम्लामा हिउँदे बिदाले पुस र माघ दुई महिना विद्यालयमा पठनपाठन बन्द हुने गर्दछ ।

    चिसो अत्यधिक बढेसँगै स्थानीय तहले विद्यालयमा हिउँदे बिदा दिने गरेका छन् । जिल्लाका सातमध्ये छ गाउँपालिकाका विद्यालय हिउँदे बिदाले बन्द भएका छन् । जिल्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिकासहित नाम्खा, खार्पुनाथ, सर्केगाड र ताँजाकोट गाउँपालिकामा रहेका सामुदायिक तथा निजी विद्यालय बन्द भएका छन् ।

     

    प्रकाशित मिति :पौष २० २०७८ मंगलवार - १४:०३:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij